विराटनगर /विराटनगर –४ कञ्चनबारीमा रहेको नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले बिना चिरफार अत्याधुनिक उपकरणबाट टाउकोको ट्यिूमरको उपचार सुरु गरेको छ ।

नोबेलममा आँखा, नाक तथा टाउँकोको ट्यिूमर, क्यान्सर, मासु पलाएको बिना चिरफार बिरामीको उपचार गर्ने बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । इन्डोस्कोपिक दुरपिन प्रविधिको माध्यबाट टाउँको हुने ट्यिूमरको जस्तो जटिल प्रकारको रोगको उपचार नोबेलमा सर्जरीका प्रख्यात विशेषयज्ञ चिकित्सवहरुबाट उपचार हुने प्रशासकीय अधिकृत नारयण दाहालले जानकारी दिए । न्युरो सर्जरी सेवा सञ्चालन गर्न दक्षिण अफ्रिकाकै चर्चित न्यूरो सर्जनलाई ल्याएको हस्पिटलले जनाएको छ ।

अस्पतालमा अफ्रिकाका सर्जनसहित क्रिस्टियन मेडिकल कलेज एण्ड हस्पिटल भेलोर भारतका प्रोफेसर आइप चेरियन, सोही अस्पतालका प्रोफेसर तथा न्यूरो सर्जन डा.विनोद फेलिक्स, डा. मिनाक्षी बस्नेत र डा. सन्जिव ठाकुरले उपचार सेवा प्रदान गर्ने भएका छन् । अस्पतालले अत्यन्तै न्युन शुल्कमा न्युरो उपचार सेवा प्रदान गर्ने पनि बताएको छ । ‘न्यूनतम ४० हजारदेखि अधिकतम १ लाख ६० हजार रुपैयाँसम्म न्युरो सम्बन्धि सबै शल्यक्रिया गर्छौ’ न्यूरो सर्जन डा. विनोद फेलिक्सले भने, ‘चिरेर गर्ने अप्रेसनभन्दा यो पद्धतीबाट गरेको उपचार सस्तो र सरल हो ।’ टाउँकोमा रहेको ट्ेयूमरको उपचार गर्दा नाकको प्वालबाट उपचार गर्ने डा. फिलिक्सले बताए ।

‘चिरफार बेगार टाउँकोको उपचार गर्दा बिरामीलाई साइट इफेक्ट हुदैन,’ उनले भने, ‘उपचार गरेको २/३ तीनमा बीरामी पूर्ण रुपमा ठिक भइ डिस्चार्ज हुनेछन् ।’  टाउकोको बिना चिरफार उपचार सेवा सुरु गरेको नेपालकै पहिलो हस्पिटल नोबेल रहेको दाबी गरेको छ । नोबेलले विश्वभरका विभिन्न मुलुकबाट उपचारका लागि आफ्नो अस्पतालले विरामी आउनेगरी पूर्वाधारको विकास गर्ने तयारीमा रहेको अस्पतालका निर्देशक डा. राजेश नेपालले बताए । ‘न्यूरोसम्बन्धी जुनसुकै उपचारका लागि पनि विदेश धानुपर्ने बिरामीको बाध्यता अन्त्य भयो,’ नेपालले भने, ‘टाउको जस्तो जटिल प्रकारको बिना चिरफार नेपालमा पहिलो पटक यति ठूलो काम नोबेलबाट सुरु भएको छ ।’ यसअघि बिना अपरेसन र बेहोस नबाई मुटुको भल्भ खोल्ने र मुटुमा प्वाल परेको विरामीको सफल उपचार गर्दै आएको छ । अस्पतालका मुटु रोग विशेषज्ञ डा. राजेश नेपालसहितको बिशेषयज्ञ चिकित्सवबाट उपचार हुने गरेको छ ।