धरान/भारत जयपुरमा हुने आठौ अन्तराष्ट्रिय कराते च्याम्पियनसिपमा नेपालको तर्फबाट भाग लिन जाने धरानका खेलाडि तथा प्रशिक्षकहरुलाई धरान नगर सरकारका प्रमुख तारा सुब्बाले शनिवार विदाई गरेका छन् ।
[caption id="attachment_57016" align="aligncenter" width="845"] तस्विर विकास चाम्लिङ राई[/caption]सितेरीयो कराते संघ सुनसरीको आयोजनामा धरान ९ स्थित कर्भड हलमा आयोजित खेलाडि विदाई कार्यक्रममा धरान नगर सरकारका प्रमुख तारा सुव्वाले खेलाडिहरुलाई शुभकामना दिदै खेलाडिहरुलाई प्रोत्साहनको लागि धरान उपमहानगरको तर्फबाट प्रोत्साहन स्वरुप नगद २५ हजार रुपैया पनि टिम लाई हस्तान्तरण गरेका थिए ।
नेपालको तर्फवाट धरानका रोसिमारानि राई र अशेष मगर प्रतियोगितामा सहभागि हुदै छन् । खेलाडिहरु लिएर खेलका मुख्य प्रशिक्षक तथा सितेरियो कराते संघ सुनसरीका अध्यक्ष कुवेर राइको नेतृत्वमा टोलि जाने छ ।
धरानबाट सहभागि खेलाडि रोसिमारानिले ५५ केजि माथीको तौल समुहमा काता, कुमेतेइ र खुल्ला गरि तिन विद्यामा प्रतिस्प्रधा गर्ने छिन् भने अशेष मगरले ५५ केजि तौल समुहमा काता र कुमेतेइमा प्रतिस्प्रर्धा गर्नेछन ।
नेपालको प्रतिनिधित्व गर्दै १ न. प्रदेश वाट ९ जना खेलाडि, प्रशिक्षक र अफिसियल गरेर १५ जनाको टोलि आइतवार जयपुर भारत प्रस्थान गर्ने नेपाल टिमका मुख्य प्रशिक्षक कुवेर राईले जानकारी गराए ।
नेपाल टिमको विदाई कार्यक्रममा खेलाडिहरुलाई एक एक थान ट्रयाक सुट पनि वितरण गरिएको थियो । सितेरियो कराते २०३५ सालमा धरानबाट नै सुरु भएको थियो ।
धरानका थामेश्वर राईले नेपालमा यो खेल भित्र्याएका हुन् ।हाल सम्म यो खेल वाट किरण राई र अमिर राईले साफ गेममा २०४५ सालमा गोल्ड मेडल, चन्द्रकला राइले २०४६ सालमा गोल्ड मेडल जित्न सफल भएका थिए ।