धनकुटा ।पुर्वि पहाडको लागी ब्याडमिटनको मुख्य हवको रुपमा धनकुटाको हिलेलाई चिनाउन पहिलो पटक राष्ट्रिय स्तरको ब्याडमिटन प्रतियोगिता हुने भएको छ । हिले ब्याडमिटन ब्लवका अध्यक्ष राम वहादुर गोङ्गवा तामाङको अध्यक्षतामा विहीवार बसेको ब्लवको नियमित वैठकले आगामी कार्तिक २३ गते देखी २५ गतेसम्म तिन दिन राष्ट्रिय स्तरको ब्याडमिटन प्रतियोगिता गर्ने निर्णय गरेको हो । क्लवका अध्यक्ष तामाङका अनुसार प्रतियोगितामा प्रथम हुने खुल्ला पुरुष डवल तर्फका खेलाडीलाई ५० हजार, ५ सय ५५ रुपैयाँ, दोश्रो हुनेलाई २५ हजार, ५ सय ५५ रुपयाँ पुरस्कारको राशि रहेको वताएका छन् । त्यसैगरी भ्याट्रन पुरुष डवल तर्फ ४५ वर्ष माथिका प्रथम हुने पुरुष खेलाडीलाई २५ हजार, ५ सय ५५ र दोश्रो हुने खेलाडीलाई १२ हजार, ५ सय ५५ रुपैयाँ रहेको वताएका छन् । त्यसैगरी महिला खुल्ला डवल तर्फ प्रथम हुने खेलाडीलाई १५ हजार, ५ सय ५५ रुपैयाँ र दोश्रो हुने खेलाडीलाई ८ हजार, ५ सय ५५ रुपैयाँ पुरस्कार प्रदान गर्ने वैठकले निर्णय गरेको क्लवका अध्यक्ष तामाङले वताएका छन् । हिले ब्याडमिटन क्लवले आफ्नै पहलमा हिले स्थित् चर्चित धाम बक्रकुण्ड पञ्चेश्वर महादेव जाने पर्यटकिय स्थलमा चालु आ.व.मा करिव ७५ लाख रुपैयाँको लागानीमा अत्याधुनिक कभर्डहल निर्माण गरि सकेको छ । सोही हलमा पहिलो पटक राष्ट्रिय स्तरको व्याडमिटन प्रतियोगिता आयोजना गर्न लागीएको वताइएको छ । प्रतियोगितालाई आशन्न प्रदेश सभा र प्रतिनिधिसभामा विभिन्न पार्टीद्धारा धनकुटा जिल्लामा प्रतक्ष्य तर्फबाट उम्मेद्धार वनेकाहरुवाट आर्थिक सहयोग जुटाएर सम्पन्न गर्न लागिएको श्रोतले दावी गरेको छ ।