विराटनगर/ काठमाण्डौमा कार्तिक १२ गतेदेखि सुरु हुने प्याब्सन  यू–१८ पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको लागि मोरङबाट खेलाडीहरु शुक्रबार प्रस्थान गरेका छन् । नेपाल विद्यालय भलिबल कमिसन मोरङले जिल्लाभरीको खेलाडी छनौट गरि विराटनगरमा एक कार्यक्रम आयोजना गरी उत्कृष्ट खेलाडीलाई काठमाण्डौतर्फ प्रस्थान गराएका हुन् । भलिबल प्रशिक्षक देवेन्द्र भण्डारीको नेतृत्वमा मोरङबाट राष्ट्रिय प्रतियोगिताको लागि १२ जना खेलाडी काठमाण्डौतर्फ प्रस्थान गरेको नेपाल विद्यालय भलिबल कमिसन मोरङका सचिब अर्जुन श्रेष्ठले जानकारी दिए । भलिबल कमिसनको केन्द्रीय कार्यालयको आयोजनामा हुने प्रतियोगितामा मोरङबाट प्रस्थान भएका खेलाडीहरुलाई कमिसनको मोरङ अध्यक्ष प्रेमलाल सिंह सुवाल, भलिबल संघका जिल्ला अध्यक्ष हरिसचन्द्र कोइराला, क्षेत्रिय सचि हरी सिवाकोटी र कमिसनको पदाधिकारीले विदाई गरेका थिए  ।