विराटनगर/विराटनगर जेसीजले आयोजना गरेको मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि प्याब्सन मोरङले जितेको छ ।
विराटनगरमा शनिबार सम्पन्न मैत्रीपूर्ण फुटसलमा आयोजक विराटनगर जेसीजलाई तीन गोलको विरुद्ध चार गोल गर्दै प्याब्सनले उपाधि जितेको हो । निकै रोमान्चक भएको प्रतियोगितामा जितको लागि प्याब्सनको तर्फबाट यादब प्रधानले ह्याट्रिक गरे । उनले तीन गोल गरे भने इन्द्र राईले एक गोल गरे । जेसीजको वार्षिक कार्यक्रम अन्गर्त एक हप्ता भरी विभिन्न कार्यक्रम राखेको छ । कार्तिक १४ गतेसम्म विभिन्न कार्यक्रम गर्ने विराटनगर जेसिजको अध्यक्ष मिलन पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार नेतृत्व विकास सम्बन्धी तालिम रहेको बताउनुभयो । त्यस्तै सोमबार स्वलो साइकल रेस, मंगलबार ट्राफिक सचेतना कार्यक्रम रहेको छ ।