धरान–१७ मा ट्रिपरको ठक्करबाट दुई घाइते
धरान/धरान–१७ स्थित रेल्वेचोकमा आइतबार दिउसो ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।
ना ४ ख ६०४ नम्बरको ट्रिपरले को १६ प २३७२ नम्बरको मोटर साईकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बराह नगरपालिका–१ का खड्गबहादुर पौडल र सवार बराह नपा–२ का ज्ञानुकला राउत घाइते भएका हुन् । ट्रिपरले ओभर टेक गर्ने क्रममा मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । ठक्कर दिने ट्रिपर र चालक प्रहरी नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































