-
Home
-
खेलकुद
-
इस्लामिक स्टेटद्वारा मेस्सी र नेमारलाई ज्यान मार्ने धम्की
इस्लामिक स्टेटद्वारा मेस्सी र नेमारलाई ज्यान मार्ने धम्की
- कार्तिक १३, २०७४
- ब्लाष्ट खबर
आतंकबादी समूह इस्लामिक स्टेट(आइएस) ले टुविटर मार्फत एक तस्बिर सार्वजनिक गर्दै अर्जेन्टिना तथा बार्सिलोनाका स्ट्राइकर लिओनल मेस्सी र ब्राजिल तथा पेरिस सेन्ट जर्मनका स्ट्राइकर नेमारलाई ज्यान मार्ने धम्की दिएका छन्।
फोटोसपको प्रयोग गरि बनाइएको उक्त तस्बिरमा एक आतंकवादीले नेमारको घाँटीमा समातेका छन् भने घुडा टेकेका नेमार रोइरहेको अवस्थामा देखिन्छन्।
भुईमा लिआनेल मेस्सी लडिरहेको अवस्थामा छन्। जसमा उनलाई मारिएको अवस्थामा देखाइएको छ। उनको छेउमै इस्लामिक स्टेटको झण्डा देखिन्छ।
उक्त तस्बिर प्रो–आइएसआइएस टुविटर ग्रुपबाट सार्वजनिक भएको हो। उक्त तस्बिरलाई इरानी समाचार संस्था वाइजीसीले ‘आइएसले विश्वकप २०१८ लक्षित गर्दै मेस्सी र नेमारलाई दिएको धम्किसहितको तस्बिर’ भनि सेयर गरेको छ।
आइएसको मुखपत्र वाफा मिडिया फाउण्डेसनले केहीदिन अगाडी पनि यस्तै एउटा तस्बिर सार्वजनिक गरेको थियो। जसमा रगताम्मे मेस्सी जेलको भित्रबाट रोइरहेको अवस्थामा देखिन्थे।
आइएसले यस्तो तस्बिर सार्वजनिक गरेपछि अर्जेन्टिना फुटबल संघका प्रमुख क्लाउडियाले रसियाका राजदुत भिक्टोर कोरोनिलीलाई भेटी मेस्सी लगायत फुटबल खेलाडीहरुको सुरक्षाको विषयमा छलफल गरेका थिए।
आतंकवादी समूहबाट आउने यस्ता खालका धम्कीले फुटबलका समर्थकहरुलाई अर्को वर्ष रुसमा हुने विश्वकपमा जाने कि नजाने भन्ने डर श्रृजना गरेको छ। एजेन्सी