धरान/मोफसलमा पहिलो पटक होम एण्ड अवेको आधारमा अशोक स्मृति बास्केटवल रनिङ्ग कप २०७४ प्रतियोगिता धरानमा हुने भएको छ । कार्तिक १८ गते देखि डेढ महिना सम्म प्रतियोगिता चल्ने आयोजक डायनामिक युथ क्लवले पत्रकार सम्मेलनमा सोमवार जानकारी गराए ।

अशोक वास्फोर पूर्वाञ्चल  बास्केटवल खेलाडि तथा प्रतियोगिताका संयोजक रवि वास्फोरका वुवा हुन । उनका परिवारले प्रतियोगिताको लागि सहयोग गर्ने भएपछि अशोक  स्मृति कपको आयोजना गर्न लागिएको डायनामिक क्लवका सचिव शिसिर पोख्रेलले जानकारी गराए । डायनामिक युथ क्लव धरान १८ स्थित विपि स्वस्थ्य विज्ञान प्रतिष्ठनाको हाता भित्र रहने युवाहरु द्धारा स्थापना गरेको क्लव हाे ।

आठ टिमको सहभागिता रहने प्रतियोगितामा प्रतियोगिहरुलाई  होम एण्ड अवे अनुसार वेस्ट अफ थ्री माध्यम वाट प्रतिश्पर्धा गराइने प्रतियोगिताका प्रचारप्रसार प्रमुख तथा पूर्वाञ्चल बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राईले वताए । उनका अनुसार यस खालको होम एण्ड अवे प्रतियोगितामा सहभागि टिमले आफ्नो कोर्टमा र प्रतिश्पर्धि टिमको कोर्टमा  गएर प्रतिश्पर्धा गर्नु पर्ने हुन्छ । प्रतियोगिताका उपाधि विजेताले नगद पचास हजार रुपैया, उपविजेताले नगद २० हजार रुपैया, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । साथ प्रतियोगिताका एमभिपि (मोस्ट भ्यालुएवल प्लेयर)को उपाधि विजेताले नगद १० हजार रुपैया र फाइनल खेलको म्यान अफ द म्याचले नगद ३ हजार रुपैया, ट्रफि तथा प्रमाण पत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक रवि वास्फोरले वताए ।

प्रतियोगिता आयोजना गर्नुको उद्धेश्य बास्केटवल खेलको विकास , खेलाडिलाई अवसर, नया प्रतिभाको पहिचान साथै धरान वाट राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडि उत्पादन गरि राष्ट्रलाई अन्तराष्ट्रिय स्तरमा चिनाउने रहेको संयोजक वास्फोरले वताए  । बास्केटवलको सुरुवात नै नेपालमा धरान वाट भएको र धरानका खेलाडि तथा प्रशिक्षकले राष्ट्रिय प्रतियोगिताको उपाधि धरानलाई दिलाइसकेको जनकारी गराए । साथै प्रशिक्षक तथा खेलाडि दुवै राष्ट्रिय टिममा पर्न सफल भइ अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि भइसकेको पनि जनाए । अनुमानित चार लाख ५० हजार रुपैया लागतमा सम्पन्न हुन लागेको  प्रतियोगिताको उद्घाटन र समापन खेल दुवै धरान १८ स्थित विपि स्वस्थ्य विज्ञान प्रतिष्ठानको बास्केटवल कोर्टमा हुनेछ । प्रतियोगिता जिल्ला बास्केटवल संघ, सुनसरीको प्राविधिक सहयोग रहनेछ ।

प्रतियाेगितामा सहभागिताका लागी छ हजार इन्ट्रि फि रहेकाे अायाेजकले बताए ।