भद्रपुर । भारतबाट अवैध रुपमा औषधी नेपाल भित्राएको आरोपमा दुई जनालाई औषधी व्यवस्था विभाग क्षेत्रिय कार्यालय विराटनगरले कारवाही गर्ने भएको छ । झापा शिवसताक्षी नगरपालिका १ बस्ने ५५ बर्षिय भाुनभक्त ढुंगाना र भारत पश्चिम बंगाल मुसिदावदका ४३ बर्षिय अनिसुर अन्सारीलाई औषधी ऐन बमोजिम मुद्धा दर्ता गराई कारवाही सुरु गरेको विभागका प्रमुख शम्भु साहले जानकारी दिए । ढुंगाना र साहले झापाको काकडभिट्टा नाकाबाट चोरी निकासी गरी नेपाल भित्राइएको ६२ प्रकारको औषधी विना इजाजत भित्राएको आरोप लागेको थियो । दुवै जनालाई इलाका प्रहरी कार्यालय काकडभिट्टाले औषधीसहित नियन्त्रणमा लिएर कारवाहीका लागि औषधी विभाग विराटनगर बुझाएको थियो ।