भद्रपुर । झापा क्षेत्र नम्वर ३ बाट नेपाली काँग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले उम्मेद्वारी दिने निश्चित भएपछि सो क्षेत्रका काँग्रेस कार्यकर्तामा उत्साह बढेको छ । राष्ट्रिय राजनीतिमा प्रभावशाली नेताको छवि बनाएका सिटौलाले झापा क्षेत्र नम्वर ३ मा जनताको चाहना अनुसार उम्मेदवार बन्ने निधो गरेपछि काँग्रेस कार्यकर्तामा उत्साह बढेको हो ।
दोस्रो संविधान सभा निर्वाचनमा सोही क्षेत्रबाट अत्याधिक मतसहित विजयी भएका सिटौलाले चार दशक लामो जनताको माग रहेको हुलाकी सडक निर्माणको अभियान पूरा गराउन भूमिका खेलेका थिए भने केही वर्ष यता दक्षिणी झापाको समस्याका रुपमा रहेको हात्ती आतङ्क नियन्त्रणका लागि पनि यसै वर्ष ९ करोडको योजना ल्याउन सफल सिटौलाले यो निर्वाचनमा पनि जनताका पक्षमा भूमिका खेल्न सक्ने भन्दै कार्यकर्तामा उत्साह जागेको देखिन्छ । निरन्तर रुपमा झापाको क्षेत्र नम्बर ३ लाई राजनीतिक आधार भूमि बनाएका सिटौलालाई नेपालको भावी प्रधानमन्त्रीका रुपमा समेत कार्यकर्ताले बुझेका छन् । आदिवासी जनजाती समुदायमा समेत प्रीय पात्रका रुपमा रहेका सिटौलालाई पछिल्ला वर्ष स्थानीयले आफूले चाहेको नेताका रुपमा हेर्न थालेका छन् ।
आलोचकहरुले स्थानीय स्तरमा काम गर्न नसक्ने नेता भनेर सिटौला बिरुद्ध प्रचार अभियान चलाइ रहेको बेला यो निर्वाचनमा सिटौलाले संसद भएका वखत पहल गरी झापा क्षेत्र नम्वर ३ मा आएका योजना र भएका विकास निर्माणका कामहरुबारे जन स्तरमा पुर्याउन सवै कार्यकर्ता लागि पर्ने दरुणदल झापा क्षेत्र नम्बर ३ का सभापति खड्गबहादुर लिम्बुको भनाइ छ । यस्तै झापा क्षेत्रनम्बर ३ का क्षेत्रीय सभापति गणेश पोखरेलका अनुसार वि सं २०४८ सालको निर्वाचन यता निरन्तर रुपमा झापा क्षेत्र नम्वर ३ मा जनताको प्रतिनिधित्वका लागि लडी रहेने एक मात्र नेता सिटौला हुन् । उनले निर्वाचन हारे पनि जीते पनि आफ्नो क्षेत्र छोडेका छैनन् । अहिले निर्वाचनको प्रतिष्पर्धामा आउने अरु दलका नेता हार्ने डर हुँदा मैदान छोडेर भाग्ने गरेका र जनताको भावनासित मतलव नराख्ने चरित्र देखाएको अवस्था छ । सिटौला स्वयमले पनि जनताले आफूलाई दिएको सुझाव अनुसार प्रत्यक्ष तर्फको उम्मेदवार बन्न समानुपातिक सूचिबाट नाम हटाएर झापा क्षेत्र नं ३ को चुनावी मैदान रोजेका हुन् । सिटौलाले विगतमा आफूले पहल गरेको कारण अलपत्र बनेको हुलाकी सडक जस्तो दक्षिणी झापाबासीको जीवन स्तर उकास्ने आधारलाई निर्माण सुरु गराइ कार्यान्यनको बाटोमा लगेको र हात्ती त्रास रोक्न ओजना ल्याएर काम सुरु भइ सकेको स्मरण गराउँदै विगतमा जितेकाहरुले झापा क्षेत्र नम्बर ३ मा के के गरे त ? जनताले थाहा पाइ सकेको उनले बताए ।
सिटौला झापा ३ बाट प्रत्यक्षमा उठ्ने भएपछि काँग्रेस कार्यकर्तामा उत्साह
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































