धरान/ ललित– अम्बर डिपो कपको १४ औं संस्करण आगामी मंसिर ८ गतेदखि शूूरु हुने भएको छ ।
[caption id="attachment_59225" align="aligncenter" width="1024"] तस्बिर : विकास चाम्लिङ रार्इ[/caption]धरानस्थित डिपो स्कुलको खेल मैदानमा हुने सो प्रतियोगितामा कक्षा ५ सम्मका विद्यार्थीले सहभागिता जनाउन पाउने छन् ।स्कुलका जुनियर खेलाडीले प्रतिष्पर्धा गर्ने सो प्रतियोगिताका विजेता टीमले नगद १० हजार रुपैयाँ सहित रनिङ सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक डिपो स्कुलले शुक्रबार पत्रकार सम्मलन गरी जनाएको छ ।
१४ औं ललित–अम्बर डिपो कप तथा पहिलो छनोटबाट पराजित स्कुलहरुको बीचमा समेत प्रतिष्पर्धा गराइने छ र जसलाई दिलकुमार प्लेट च्याम्पिनय कप २०७४ का रुपमा विजेता टीमले नगद ३ हजार रुपैयाँ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छ । मंसिर १५ गते समापन हुने सो प्रतियोगिताका विजेता टिमले नगद १० हजार, उप विजेताले ५ हजार र तेस्रो स्थानमा रहने टीमले नगद २ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । यसै गरी प्लेट च्याम्प्यिन पुरस्कार अन्तरगत ३ हजार रुपैयाँ र रनर अप टीमलाई नगद २ हजार रुपैयाँ प्रदान गरिने जनाइएको छ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडि, प्रत्येक खेलका म्यान अफ द म्याच र उदयमान खेलाडि उपाधि विजेताले ट्रफि र प्रमाण पत्र प्राप्त गर्ने प्रतियोगिताका संयोजक भिमराज लिम्वुले जानकारी गराएका छन्। प्रतियोगितामा सुनसरीका १६ विद्यालयका विद्यार्थीले प्रतिष्पर्धा गर्ने आयोजकले जनाएको छ । यस वर्ष सो प्रतियोगिता गराउन ३ लाख ५६ हजार ६ सय रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।
धरान फुटबलकाे उर्भर भुमि भएकाेले स-साना बालबालिकाकाे मनाेभावनालार्इ बुझि याे कप गर्दै अाएकाे डिपाे उच्च मा.विका प्राचार्य राजकुमार रार्इले बताए ।