इटहरी/पूर्वमै पहिलो पटक इटहरीमा अन्तरािष्ट्रयस्तरको रिंग रेस्लीङ प्रतियोगिता हुने भएको छ । इटहरी स्थित ठुलो जनतामा यही कार्तिक २७ गते डिसहोम र नेपाल रिंग रेस्लीङ संघको सयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
दोस्रो अन्तरािष्ट्रय रिंग रेस्लीङ प्रतियोगिता २०१७ मा ८ देशका ब्यावसायीक रेस्लर खेलाडीहरुको सहभागीता रहने इटहरीका स्थानीय आयोजक रा.जा. क्लबका रेस्लीङ कार्यक्रम संयोजक केशव कार्कीले वताए । उनले भने इटहरीमा पहिलो पटक ठुलो प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा अमेरिकाबाट प्रोरेस्लिङ्गगेम,सिंगापुरबाटदि युरासियन ड्रागन,अस्टेलियाका वामबामबेलोज,मलेसियाका द बुचरम्यान,भारतका दिलदार सिंह,निल र माक्सम्यानले सहभागीता जनाउँने आयोजकले जनाएको छ । नेपालको तर्फबाट नुवाकोटे टाईगर,द युभ,डेभिट,थाकु,ब्लेड,साईन,टुप्पी ग्यालङ्गे लगायतले सहभागीता जनाउँने कार्यक्रम संयोजक कार्कीले जनाए ।
त्यस्तै खेलका लागी नेपालको पहिलो महिला रेस्लीङक रेफ्री सुनिता थापा,कुबेर केसी, र प्रदिप पाण्डेले प्रतियोगिता खेलाउँने छन ।