धरान/५०औ राष्ट्रिय कराते प्रतियोगितामा प्रतिश्पर्धा गर्न काठमाण्डौ जान लागेका पूर्वाञ्चल टिमलाई मंगलवार विदाइ गरेको छ ।

[caption id="attachment_59640" align="aligncenter" width="1024"] तस्विरः विकास चाम्लिङ राइ[/caption]

उनिहरुलाई सुनसरी क्षेत्र न. १ का प्रतिनिधि सभा उम्मेद्धार जयकुमार राई र सुनसरी क्षेत्र न. १ कका प्रदेश उम्मेद्धार प्रदिप भण्डारीले खादा र टिका लगाई विदाई गरेका छन । धरान ९ स्थित कर्भडहलमा आयोजित  विदाई कार्यक्रममा वोल्ने क्रममा आफुहरु निर्वाचनमा विजयी भए पनि नभए पनि खेल विकासको लागि तथा खेलाडि हकहितको लागि कहिले पछि नहट्ने सुनसरी क्षेत्र न.१का प्रतिनिधि सभा उम्मेद्धार जयकुमार राई र सुनसरी क्षेत्र न. १ क का प्रदेश उम्मेद्धार प्रदिप भण्डारीले प्रतिवद्धता जनाए । आफ्नो ठाउलाई र राष्ट्रलाई विश्व सामु गर्वसाथ चिनाउने काममा खेलकुद तथा खेलाडिको महत्वपुर्ण भुमिका भएको पनि उनिहरुले वताए ।

यहि कार्तिक २३ गते देखि २५ गते सम्म काठमाण्डौ स्थित त्रिपुरेश्वर कर्भडहलमा आयोजना हुन लागेको प्रतियोगितामा पूर्वाञ्चल वाट २५ जनाको खेलाडि टोलिले काठमाण्डौ प्रस्थान गरेको छ । टिममा २३ जना प्रतिश्पर्धि खेलाडि, प्रशिक्षक संजयकुमार राई र टिम व्यवस्थापक कुवेरसिंङ राई रहेका छन । यस प्रतियागिता वाट नेपालमा हुन लागेको १३औ साफ गेम र इन्डोनेसिया जकार्तामा हुन लागेको एशियन गेमको लागि राष्ट्रिय खेलाडि छनौट गरिने सितेरियो कराते संघ सुनसरीका अध्यक्ष कुवेर राईले जानकारी गराए ।

सितेरियो कराते संघ सुनसरी द्धारा आयोजना गरिएको विदाइ कार्यक्रममा खेलकुद प्रशिक्षक संघ सुनसरी अध्यक्ष दिपक लिम्वु, पूर्वाञ्चल बास्केटवल प्रशिक्षक तथा सुनसरी बास्केटवल संघ सचिव विकास चाम्लिङ राई, तेक्वान्दो प्रशिक्षक मदन राई, गोपाल राई उसु प्रशिक्षक राजेन्द्र राई, वक्सिङ प्रशिक्षक देवेन्द्र लिम्वु लगायतको उपस्थिती रहेको थियो ।