काकँरभिट्टा /आठ लाख पुरस्कार राशि भएको मेची नेत्रालय काकँरभिट्टा गोल्डकप तेस्राे संस्करण २०७४ यहीँ मङ्सिर ६ गते सुरू भएर मङ्सिर १५ गते सम्पन्न हुने भएको छ ।
आयोजक काकँरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरले शुक्रबार मेची नेत्रालयकमा पत्रकार सम्मेलन गरि जानकारी गराएका छन्। प्रतियोगितामा भारतको एक टोली र ‘ए डिभिजनका’ नौबटा टिमको सहभागिता रहने अध्यक्ष मिन बहादुर बस्नेतले बताए। प्रतियोगितामा आयोजक काँरभिट्टा फुटबल ट्रेनिङ सेन्टर , रमपम झापा–११ , अग्नी रुपन्देही–११ , मनाङ्ग मस्याङ्गदी क्लब , सशस्त्र प्रहरी बल , त्रिभुवन आर्मी क्लब , नेपाल पुलीस क्लब , हिमालयन शेर्पा क्लब र भारत कलकत्ताको सुभाष चन्द्र बोइज क्लबको सहभागिता रहेको छ ।
प्रतियोगितामा पहिलो हुनेले आठ लाख एक हजार नगद , ट्रफि र प्रमाणपत्र , दोश्रोलार्इ चार लाख एक हजार , ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् । साथै उत्कृष्ठ गोलकर्ता, उत्कृष्ठ खेलाडी , उत्कृष्ठ गोलकिपर लगायतको पुरस्कार शिर्षकमा दुई लाख अन्ठाउन्न हजार पुरस्कार वितरण गर्ने आयोजकले दाबी गरेकाे छ ।
प्रतियोगिताका लागी कुल खर्च ६३ लाख ९२ हजार हुने अनुमान गरिएको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंखर थापा र काकँरभिट्टा ट्रेनिङ्ग सेन्टरका अध्यक्ष मिन बहादुर बस्नेतको संयुक्त अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलनमा वरिष्ठ फुटबल प्रशिक्षक भगिरथ आले ‘मामा’ , मेची बस ब्यवसायी संघका अध्यक्ष श्री प्रसाद मैनाली , प्रायोजक मेची नेत्रालयका प्रबन्धक शरद चन्द्र प्रकाश राई , समाजसेवी नरेन्द्र मेचे , अठोट नेपालका अध्यक्ष नगेन्द्र लगायतकाे उपश्थिति रहेकाे थियाे ।