धनकुटा । बिजयी भएर अन्तराष्ट्रिय क्षेत्रमा नेपाल र आफ्नो जन्म भूमिको नाम उच्च राखेको भन्दै धनकुटाका ३ तेक्वान्दो खेलाडीहरुलाई अभिनन्दन गरिएको छ । गएको अक्टोबरमा थाईल्याण्डमा भएको सातौ तिरक अन्तिराष्ट्रिय तेकवान्दो प्रतियोगिता र मकाउमा भएको खुल्ला तेक्वानदो अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा ३ स्वर्ण सहित २ रजत र १ काँस्यपद्धक बिजेताहरुलाई धनकुटाको हिलेमा एक भव्य समारोहको विच सम्मान गरिएको हो । तेक्वान्दो डोजाङ्गहिलेको आयोजनामा सम्पन्न भएको अभिनन्दनमा धनकुटा १ हिलेका बिनिता घिमिरे,सुनिता तामाङ्ग र धनकुटा राजारानीका शुक्र बिकलाई हिले बजार परिक्रमा गराई एक रमारोहका बीचअभिनन्दन गरिएको हो । घिमिरेले अक्टोबर २१ मा थाईल्याण्डमा भएको ४६ केजी समुहको खेलमा कास्य र अक्टोबर २९ मा मकाउमा भएको ४९ केजी समुहमा स्वर्ण पुरस्कार जितेकी थिईन् । त्यस्तै सोही मितिमा भएको खेलमा तामाङ्गले ५३ केजी समुहको खेलमा थाईल्याण्डमा स्र्वण र मकाउमा रजत पुरस्कार जितेकी थिईन । ७३ केजी पुरुष समुहतर्फ बिकले थाईल्याण्डमा रजत र मकाउमा स्वर्ण जितेका थिए ।अभिनन्दन समारोहमा उनीहरुलाई संस्थाका अध्यक्ष भुपालमानु गुरुङ्ग,जिल्ला समन्वयन समितिका सभापति टंक चौहान,धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्ग,उद्योग बाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरेले दोसल्ला र कदर–पत्रदिएर अभिनन्दन गरिएको थियो । खेलाडी भनेका राष्ट्रका गहना भएकाले खेलाडीहरुको व्यक्तित्व विकासमा स्थानीय सरकारले विशेष ध्यान दिनु पर्नेमा जोड दिएका थिए ।