छैठौं नेवा च्यारिटी फागुनको पहिलो साता
धरान/छैठौं नेवा च्यारेटी ८ के रन फागुनको पहिलो साता हुने भएको छ ।
धरान रन समुहले शनिबार पत्रकार सम्मेलन गरी फागुन ५ गते प्रतियोगिता गर्ने जनाएको हो । प्रतियोगितामा सबै उमेर समूहका धावकधाविकाहरु स्पर्धामा सहभागी बन्ने सक्ने समुहका अध्यक्ष रोमू राईले बताए । पछिल्ला प्रतियोगिताहरुमा सहभागी संख्याको आधारमा यो पटक करिब २५ सयदेखि ३ हजार धावकधाविका सहभागी बन्ने सक्ने आयोजकले अनुमान गरेको छ ।
प्रतियोगितामा १२ वर्ष मुनी, १६ वर्ष मुनी, ४० वर्ष माथिबीचका खेलाडीहरुबीच पनि विजेता छनौट गरिने छ । जसका विजेताले क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयासहित प्रमाण पत्र पाउने छन् ।
प्रतियोगितामा १७ देखि ३९ वर्षसम्मका विजेताले नगद ४० हजार, दोस्रोले ३० र तेस्रोले २० हजार रुपैयासहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































