धरान/चौधौं ललित–अम्बर डिपो कप बिहीबारदेखि सुरु भएको छ । डिपो माविको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेल डिपो मावि ‘ए’ ले इटहरीको विश्व आर्दशलार्इ ६-० गाेलले हराएकाे छ ।
[caption id="attachment_61552" align="alignnone" width="889"]
तस्बिरहरूः भाेजराज श्रेष्ठ[/caption]
प्रतयिोगितामा सुनसरी भरीका १६ वटा टिमहरु सहभागी छन् । पहिलो खेलबाट पराजित भएका टिमहरुले दिलकुमार प्लेट च्याम्पियनको लागि भिडन्त गर्ने छन् । प्रतियोगिताको उद्घाटन धरान–१८ का वडा अध्यक्ष प्रविण राईले गरे ।
प्रतियोगितामा इष्र्टन एकेडेमी, आवर होम, पिसीजोन इटहरी, नेपाल पुलिस धरान, पर्वत इग्लिस बोर्डिङ स्कुल, सेक्रेड हार्ट स्कुल इटहरी, इममानुएल इग्लिस बोर्डिङ, नवज्योति स्कुल, होलिल्याण्ड इन्टरनेसनल, आइडियल इग्लिस बोर्डिङ, मेरिल्याण्ड इग्लिस स्कुल, नेपाल डिभिएम इटहरी, डिपो स्कुलबीच स्पर्धा भइरहेको छ ।
प्रतियोगिताको फाइनल मंसिर १५ गते हुँदै छ । प्रतियोगिता विजेताले नगद १० हजार, दोस्रोले ५ र तेस्रोले ३ हजार रुपैयासहित शिल्ड, मेडल र प्रमाण पत्र पाउने प्राचार्य राजकुमार राईले जनाए । त्यस्तै प्लेट च्याम्पियनले नगद ३ हजार र रनरअपले २ हजार रुपैया प्राप्त गनैृ छ । खेलमा बेष्ट प्लेयर, म्यान अफ दि म्याच, सर्वाधिक गोलकर्ता र उदयिमान खेलाडीले पनि ट्रफी र प्रमाण पत्र पाउने छन् ।
गतवर्ष आयोजक डिपो माविले विजेता बन्दा उपविजेता पूर्वक्षेत्रीय प्रहरी स्कुल भएको थियो । यता प्लेट च्याम्पियनमा नवज्योती इंग्लिस बोर्डिङ स्कुल बनेको थियो ।