धरान/चौधौं डिपो कप अन्तर्गत शनिबारको खेलमा इममानुएल, आवर होम र नवज्योति विद्यालय विजयी बनेका छन् । [caption id="attachment_61845" align="alignnone" width="1024"] तस्बिरः विकास रार्इ[/caption] डिपो माविको खेल मैदानमा जारी खेलमा इम्मानुएलले इटहरीको सक्रेट हर्टलाई २–० गोलले पराजित गरेको छ । त्यस्तै आवर होमले इष्र्टन इग्लिसलाई टाइब्रेकरमा ४–३ गोलले पराजित ग¥यो भने नवज्योतिले होलिल्याण्डलाई सडन डेथमा ६–५ गोलले जितेको हो । प्रतियोगितमा पराजित टिमहरु दिलकुमार प्लेट च्याम्पियन खेल्ने छन् । शनिबारको खेलमा सेक्रेट हर्टका सन्देश तामाङ, इष्र्टनका रञ्जित बिक र होलिल्याण्डका सूर्य लावति म्यान अफ दि म्याच घोषित हुँदै ट्रफी पाएका छन् । आइतबारको खेलमा इटहरीको पिसजोन र पूर्वक्षेत्रीय प्रहरी, आइडियल स्कुल र मेरिल्याण्ड, सगरमाथा स्कुल र प्रभात स्कुल साथै इटहरीको नेपाल डिभिएम र डिपो स्कुल बी टिम बीच स्पर्धा हुने विकास चाम्लिङले जानकारी दिए ।