शनिश्चरे/ झापाको दमकमा शनिवार ‘दमक रन’ को दोस्रो बार्षिक उत्सवको अवसरमा शनिवार विभिन्न उमेर समूहको अलग–अलग मिनी म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ । फरक उमेर समूहका लागि पाँच वटा अलग–अलग दौड भएको थियो । जसमा १५ किलोमिटरको पुरुषतर्फ खुलामा दुर्गाबहादुर बुढा मगर प्रथम भएका छन् । त्रिभुवन आर्मीका कृष्ण बस्नेत दोस्रो र त्रिभुवनआर्मीकै लालबहादुर थापा तेस्रो भए । उनीहरुले क्रमशः ५० हजार, ३० हजार र २५ हजार हात पारेका छन् । त्यस्तै, १५ किलोमिटर दुरीको महिलातर्फको उपाधि विश्वरुपा बुढाले हात पारेकी छन् । कान्छीमाया कोजु दोस्रो र सुनमाया बुढा तेस्रो भई क्रमशः ४० हजार, २५ हजार र १५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । १३ देखी १६ बर्ष उमेर समूहमा सुनिल थापा प्रथम भए भने लक्ष्मण अधिकारी दोश्रो र नन्दु राई तेश्रो भएका छन् । सोही उमेर समुहको महिलातर्फ हुमी बुढा प्रथम, मन्जु राई दोश्रो र श्रृजना राई तेश्रो भइन् । उनीहरुले क्रमशः १५ हजार १० हजार र ५ हजार रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै, भेट्रानतर्फ धर्म महर्जन प्रथम, दामोदर बुढा दोश्रो र श्याम राई तेश्रो भई क्रमशः ७ हजार, ५ हजार र ३ हजार प्राप्त गरेका छन् । सुपर भेट्रानतर्फ धरानका निर्मल राई प्रथम, बुद्धबीर लामा दोश्रो र मोहनकुमार सुब्बा तेश्रो भएका छन् । सोही समूहको महिलातर्फ रीता राई प्रथम, मनमाया लिम्बु दोश्रो र रीता लिम्बु तेश्रो भएर पुरस्कृत भएका छन् । उता ७ देखि १२ बर्ष उमेर समुहमा रोदन राई प्रथम, प्रश्न राई दोश्रो र आशिष खड्का तेश्रो भए । महिलातर्फ लक्ष्मी भुजेल प्रथम, सम्झना राई दोश्रो र दिया श्रेष्ठ तेश्रो भए । उनीहरुले क्रमश नगद ७ हजार, ५ हजार र ३ हजार हात पारेका छन् । विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, दक्षिण एशियाका वरिष्ठ धाबक बैकुण्ड मानन्धरले नगद सहितका पुरस्कार तथा ट्रफी हस्तान्तरण गरको दमक रनका अध्यक्ष रन्दिप राईले जनाए ।