इटहरी/ नेपालमै पहिलो पटक सर्वाधिक पुरस्कार राशीको अन्तराष्ट्रिय आमन्त्रण मदन भण्डारी ममोरियल इटहरी गोल्डकप प्रतियोगिता हुने भएको छ ।

पूर्वकै सबैभन्दा जेठो क्लबको रुपमा स्थापित राष्ट्रिय जागृति क्लब इटहरीले प्रतियोगिता आयोजना गर्ने लागेको हो ।  नेपालको सबैभन्दा धेरै पुरस्कार राशी भएको प्रतियोगिता हुन लागेको हो । प्रथम विजेताले ११ लाख रुपैया पुरस्कार पाउँने छन । उपविजेताले ५ लाख रुपैया पाउँने पत्रकार सम्मेलन गरी आयोजकले जानकारी गराएको छ । प्रतियोगिताको सर्वेत्कृष्ट खेलाडीले २५ हजार नगद सहित ३२ इन्चको टिभि,प्रत्येक खेलको म्यान अफ द म्याच १० हजार र विभिन्न विद्यामा उत्कृष्ट खेलाडीले नगद २० हजार पाउँने छन । यो प्रतियोगिता पूर्वको मात्र हैन नेपालकै सबैभन्दा ठुलो धनराशीको पुरस्कार हो ।

आगमी पुस १५ देखि २२ गते सम्म हुन लागेको उक्त प्रतियोगिता देशकै शान भएको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले वताए । इटहरीमा हुन लागेको यो प्रतियोगिता अहिले सम्मकै ठुलो हो विष्टले भने । अहिले सम्म नेपाल भर यति ठुलो राशीको प्रतियोगिता भएको थिएन यो हाम्रो लागी गौरभको कुरा हो उनले थपे । इटहरीमा सर्वाधिक ठुलो प्रतियोगिता हुन लागेको भन्दै राष्ट्रिय खेलकुद परिषदले सहयोग गर्ने वताए । मदन भण्डारीको नाममा प्रतियोगिता हुनु आर्फैमा राम्रो भएको उनको भनाई थियो ।

जिल्ला खेलकुद विकास समिति सुनसरीका कार्यवाहक अध्यक्ष अनुरोध थापाले इटहरीमा हुन लागेको प्रतियोगिता नेपालकै शान भएको वताए । इटहरीले यस अघि विजेताले २ लाख र उपविजेताले १ लाख दिदै आएको वताउँदै इटहरीले खेलकुद क्षेत्रमा फड्को मारेको वताए । खेलकुद क्षेत्रको लागी यो गौरभको कुरा हो उनले थपे । यस अघि ११ औ अन्तराष्ट्रिय आमन्त्रण टुबोर्ग गोल्कपक प्रतियोगिता गदै आएको थियो । प्रदेश नम्वर एकको रंगशाला इटहरीमा हुन लागेको प्रतियोगितालाई ब्यावस्थीत र उत्कृष्ट बनाउँन आफुहरु लागी पर्ने वताए ।

प्रतियोगितामा १० टिमले सहभागीता जनाउँने आयोजकले जनाएको छ । मनाङ मस्र्याङ्दी क्लब काठमाण्डौ,त्रिभुव आर्मी क्लब काठमाण्डौ,मोरङ ११ मोरङ, राष्ट्रिय जागृति क्लब आयोजक,मिरपुर एकादस ढाका बगंलादेश,थ्रिस्टार क्लब काठमाण्डौ,झापा ११ झापा,भुटान एफसी भुटान,यूनाईटेड सिक्कीम फुटबल क्लब भारत,जर्ज टेलिग्राफ कलकता भारतले सहभागीता जनाउँने आयोजक कमिटिका अध्यक्ष संजिव ढुंगानाले वताए । ढुगांनाले पछिल्लो समयमा फुटबलको क्र्रेज युवा पुस्तामा बढ्दै गएको समयमा ठुलो प्रतियोगितामा हुनु आफैमा सौभाग्य भएको वताए ।