धरान/पाँचौं पल्ट नेपाल प्रहरी स्कुलले ललित–अम्बर डिपो कपको उपाधि उचालेको छ ।
शुक्रबार सम्पन्न फाइलनमा चौधौं डिपो कप उचाल्दै प्रहरीले पाँचौं पल्ट उपाधि जितेको हो । आइडियल स्कुललाई ५–० गोलले हराउँदै उपाधि उचालेको प्रहरीले नगद १० हजार रुपैयासहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
उपविजेता बनेको आइडियलले नगद ५ हजार रुपैयासहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त ग¥यो । साविक विजेता आयोजक डिपो स्कुल तेस्रो बन्दै नगद ३ हजार रुपैयासहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । बेष्ट प्लेयर अफ डिपो स्कुलको टाइटल श्रीजन मगरले जिते ।
खेलको सर्वोकृष्ट खेलाडी प्रहरीका जोन बास्फोर बन्दा ५ गोल गरेका आइडियलका अनिल राई सर्वाधिक गोलकर्ता र म्यान अफ दि म्याचसमेत घोषित भए । उदयिमान खेलाडी डिपोका उत्सव मगर घोषित भए ।
दिलकुमार प्लेट च्याम्पियन बनेको होलिल्याण्ड इन्टरनेसनलले नगद ३ हजार रुपैयासहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्दा प्लेट रनरअप सेक्रेट हार्टले नगद २ हजार रुपैयासहित सिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
विजेता खेलाडी तथा स्कुललाई धरान नगर प्रमुख तारा सुब्बा, स्कुल व्यवस्थापन समितिका अध्यक्ष मेजर श्रवणकुमार लिम्बू, प्राचार्य राजकुमार राईलगायतले प्रदान गरेका थिए ।