काठमाडौं । रुस विश्वकपमा स्पेन र पोर्चुगल एउटै समूहमा परेका छन् भने समूह डीमा अर्जेन्टिनासँगै नाइजेरिया परेको छ । मोरक्कोमा ड्र भएको थियो । जस अनुसार युरोकप विजेता पोर्चुगल र स्पेनसँगै मोरक्को र इरान एउटै समूहमा परेका छन् । रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल र स्पेनको खेल जुन १५ मा हुनेछ । यस्तै अर्जेन्टिना रहेको समूह डीमा आइसल्याण्ड, क्रोएसिया र नाइजेरिया छन् । अर्जेन्टिनाको पहिलो खेल १६ जुनमा आइसल्याण्डसँग हुनेछ । विश्वकप २०१८को उदघाटन खेल भने अायोजक रसिया र साउदी अरेबियाबीच हुनेछ । यो खेल जुन १४ मा मस्कोमा हुनेछ । कुन समूहमा कुनकुन देश परे ? समूह एः रसिया, साउदी अरेबिया, उरुग्वे र इजिप्ट समूह बीः पोर्चुगल, स्पेन, मोरक्को र इरान समूह सीः फ्रान्स, अष्ट्रेलिया, पेरु र डेनमार्क समूह डीः अर्जेन्टिना, आइसल्याण्ड, क्रोएसिया र नाइजेरिया समूह ईः ब्राजिल, स्वीट्जरल्याण्ड, कोष्टारिका र सर्बिया समूह एफः जर्मनी, मेक्सिको, स्वीडेन र दक्षिण कोरिया समूह जीः इंग्ल्याण्ड, बेल्जियम, ट्युनिसिया र पानामा समूह एचः पोल्याण्ड, कोलम्बिया, सेनेगल र जापान