धरान/युनाइटेड गोर्खा एकेडेमी भलिबल कपको पाँचौं संस्करण पौषको अन्तिम साता हुने भएको छ ।
[caption id="attachment_63239" align="alignleft" width="460"]
तस्बिरः भाेजराज श्रेष्ठ[/caption]
खेलद्वारा विद्यार्थीहरुको शारीरिक, मानसिक विकास गर्ने उद्देश्यले आयोजना हुँदै आएको कप पुष २६ देखि २९ गतेसम्म स्कुल परिषरमै हुने मंगलबार पत्रकार सम्मेलन गरी जनाइयो । प्रतियोगितामा छात्रछात्रा गरी कुल ३६ वटा टिम हुन सक्ने स्कुलका प्रिन्सिपल पेम्बा शेर्पाले बताए । छात्रको १८ र छात्राको १८ वटा टिम सहभागी हुने अनुमान गरिएको छ ।
यसका लागि सुनसरी भरीका संस्थागत स्कुलहरुलाई परिपत्र भइसकेको छ । कक्षा १० सम्मका विद्यार्थीहरु प्रतियोगितामा सहभागी हुन सक्ने छन् । २०७० साल यतादेखि हरेक वर्ष हुँदै आएको प्रतियोगितामा यसपटक नकआउट आधारमा खेलाइने आयोजकले जनाएको छ । यसअघिसम्म सेमि लिग आधारमा खेलाइने गरिएको प्रिन्सिपल शेर्पाले बताए ।
प्रतियोगितामा यसपटकको विजेता स्कुलले छात्रछात्रा तर्फ जनही नगद १५ हजार रुपैया प्राप्त गर्ने छन् । त्यस्तै दोस्रो हुनेले पनि जनही १२ हजार तेस्रो हुनेले जनही १० हजार रुपैयासहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने प्रचार प्रसार संयोजक शिक्षक नरेश राईले जानकारी दिए । त्यस्तै उत्कृष्ट सर्भिसमा छात्रालाई मात्रै नगद १२ सय प्रदान गरिने छ भने उत्कृष्ट डिफेन्स, उत्कृष्ट स्पाइक, उत्कृष्ट ब्लक, उत्कृष्ट लिफ्टर, उत्कृष्ट खेलाडीलाई जनही १२ सय रुपैयासहित ट्रफी प्रदान गरिने छ ।
प्रतियोगिताको उद्घाटनको दिन बिहान रक्तदान कार्यक्रमसमेत गर्न लागेको स्कुलले जनाएको छ । चौथो संस्करणमा छात्र तर्फ पूर्व क्षेत्रीय प्रहरी स्कुल र छात्रामा हाम्रो बोडिङ स्कुल विजेता बनेका थिए । चौथो संस्करणमा तरहरा, इटहरी र धरानका विद्यालयहरु सहभागी बनेका थिए ।