धरान/धरान–१६ को कामना टोल सुधार समिति र कामना युथ क्लवको संयुक्त आयोजनामा आइतबारदेखि ‘इन्टर कलेज मेन एण्ड वुमन फुटबल’ प्रतियोगिता धरानको भगवति निमाविको मैदानमा शुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा एम्स एकेडेमी ‘बि’ टिमले विजयी शुरुवात गरेको छ । युरेका स्कुललाई सून्यका विरुद्ध ४ गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ । एम्सका लागि सन्दीप राई, उमित राई, महेन्द्र राउत र जोमन राईले गोल गरे । खेलको म्यान अफ दी म्याच एम्सका सुसान्त राई घोषित हुँदै ट्रफी पाए ।
त्यस्तै महिला तर्फ ज्ञानोदय स्कुललाई पब्लिक स्कुलले सून्यका विरुद्ध एक गोल गर्दै फाइनलमा पुगेको छ । पब्लिक स्कुलका लागि एकमात्रै निर्णायक गोल सुनिता राईले गरिन् । खेलको म्यान अफ दि म्याच पनि उनी नै घोषित भइन् ।
प्रतियोगितामा महिलाहरुको ४ वटा टिम सहभागी छन् भने पुरुष तर्फ १३ वटा स्कुलका टिमहरु सहभागी छन् । महिलामा बािलका स्कुल र नेशनल कलेज सहभागी छ । यता पुरुष तर्फ आर्दश कलेज, विष्णु स्कुल, सुनसरी टेक्निकल, नवोदय कलेज, समिट स्कुल, विजयपुर स्कुल, पब्लिक स्कुल, नेशनल कलेज, सियोन स्कुल र ज्ञानोदय स्कुलका टिमहरु रहेका छन् ।
पुरुष तर्फको विजेता स्कुलले नगद १५ हजार र उपविजेताले नगद ८ हजार रुपैयासहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छ भने महिला तर्फको विजेताले नगद १० हजार र उपविजेताले नगद ५ हजार रुपैया प्राप्त गर्ने अध्यक्ष पर्शुराम आङबुहाङले जानकारी दिए । प्रतियोगिताको उद्घाटन एन्फाका केन्द्रीय उपाध्यक्ष किशोर राईले गरेका थिए ।