धरान/भगवती निमाविको खेल मैदानमा जारी ‘इन्टर कलेज मेन एण्ड वुमन फुटबल’ प्रतियोगिता अन्तर्गत बुधबारको खेलमा ज्ञानोदय, आर्दश र एम्स एकेडेमी विजयी बनेका छन् । बुधबारको पहिलो खेलमा ज्ञानोदयले सियोन स्कुललाई ६–० गोल अन्तरले पराजित गर्दै क्वाटर फाइलनमा प्रवेश गरेको छ । जितको लागि ज्ञानोदयका अनिस मगरले ह्याट्रिक गरे । त्यस्तै संकर मगर र गोविन्द लिम्बूले एक एक गोल गर्दा एउटा गोल आत्मघाती भएको थियो । खेलको म्यान अफ दि म्याच ज्ञानोदयका विकास सम्बाहाम्फे घोषित हुँदै ट्रफी पाए । दोस्रो खेलमा एम्स एकेडेमी ए लाई आर्दश कलेजले ३–२ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइलनमा प्रवेश गरेको छ । आर्दशबाट युआस राई, अच्युतम गिरी र सुजन श्रेष्ठले गोल गरे । खेलको म्यान अफ दी म्याच सुजन श्रेष्ठ घोषित भए । त्यस्तै तेस्रो पहिलो क्वाटरफाइलन खेलमा एम्स एकेडेमी बिले सुनसरी टेक्निकल कलेज बि लाई ट्राइबेकरमा ५–३ गोल अन्तरले जिदै सेमिफाइलनमा प्रवेश गरेको छ । पहिलो खेल आर्दश कर्मस र नवोदय स्कुल, दोस्रो विजयपुर र ज्ञानोदय साथै तेस्रो आर्दश साइन्स र नेशनल कलेज बीच हुने अध्यक्ष पर्शुराम आङबुहाङले जानकारी दिए ।