इटहरी/ नीजी बिद्यालय समन्वय समिती इटहरीको आयोजनामा बिहिबारदेखि दोस्रो एसीसी स्पोर्टस मिट सुरु भएको छ । स्पोर्टस मिटको एक कार्यक्रमका बिच राष्टिय खेलकुद परिषद्का सदस्य सचिव केशव बिष्टले उद्धघाटन गरे । इटहरीस्थित क्षेत्रिय रंगशालामा सो प्रतियोगिता शूरु भएको हो ।
स्पोर्टस मिटमा इटहरी क्षेत्रका ५० वटा निजी बिद्यालयहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । एक हप्ता सम्म चल्ने सो स्पोस्र्टस मिटमा फूटबल, भलिबल, क्रिकेट र एथलेटिक्स लगायतका खेलहरु हुने आयोजकले जनाएको छ । बिद्यार्थीको शारिरीक र मानसिक बिकास बृद्धीका लागी खेलकुदको महत्वपूर्ण भूमिका हुने भएकाले यस प्रकारका खेलकुद महोत्सव आयोजना गरिएको निजी बिद्यालय समन्वय समितीले जनाएको छ ।