धरान/‘इन्टर कलेज मेन एण्ड वुमन फुटबल’ प्रतियोगितामा उपाधिको लागि विजयपुर स्कुल र आर्दश कलेजबीच शनिबार भिडन्त हुने भएको छ । शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा विजयपुरले एम्स एकेडेमी बीलाई सून्यका विरुद्ध एक गोलले विजयी बन्दै फाइलनमा प्रवेश गरेको छ । खेलमा विजयपुका लागि निमेश साहीले निर्णायक गोल गरे । खेलको म्यान अफ दी म्याच विजयपुरका सगुन राई घोषित हुँदै ट्रफी पाए । त्यस्तै दोस्रो सेमिफाइलनमा आदर्श साइन्सले आर्दश कमर्सलाई ४–३ गोल अन्तरले पराजित गर्दै फाइलनमा पुगेपछि विजयपुरसँग भेट पक्का गरेको हो । आर्दश साइन्सबाट प्रविण तामाङ, हेम कटवाल, सागर सिवाकोटी र देविन मगरले गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच पनि देविन नै बनेका थिए । त्यस्तै गल्स तर्फको फाइलन खेल पब्लिक स्कुल र नेशनल कलेज बीच हुने आयोजक कामना टोल सुधार समितिले जनाएको छ । फाइलन जित्ने पुरुष टिमले १५ हजार र महिला टिमले १० हजार रुपैयासहित सिल्ड मेडल र प्रमाण पत्र पाउने छन् भने उपविजेता पुरुष टिमले ८ हजार र महिला टिमले नगद ५ हजार रुपैयासहित ट्रफी ,मेडल र प्रमाण पत्र पाउने अध्यक्ष पर्शुराम आङबुहाङले जानकारी दिए ।