सुनसरी/ सुनसरीको दुहबीमा जारी दोस्रो दुहबी मनमोहन गोल्डकप फुटबलको उपाधिको छिनोफानो शनिबार हुँदैछ।
शनिबार हुने फाइनल खेलमा उपाधिका लागि नेपालका चर्चित टिम मनाङ मस्र्याङदी र नेपाली सेनाको विभागीय टिम त्रिभुवन आर्मीबीच हुँदै छ। खेल स्थानीय दुहबी रंगशालामा दिउँसो साढे २ बजे हुनेछ।
उपाधिका लागि भिड्न लागेको आर्मीले जारी गोल्डकपको दोस्रो सेमिफाइनलमा रुपन्देही–११ लाई ४–० गोलको फराकिलो अन्तरले पराजित गरेको थियो। क्वाटरफाइनलमा भने आर्मीले मोरङ ११ लाइ टाइब्रेकरमा ३–१ गोल अन्तरले पराजित गरेको थियो।
यस्तै, मनाङले पहिलो सेमिफाइनलमा चर्च ब्याइज क्लब काठमाडाैंलाई १–० गोल अन्तरले पराजित गरेको थियो। क्वाटरफाइनलमा भने आयोजक एलेभेन एरोज क्लबलाइ ५–२ गोल अन्तरले पराजित गरेको थियो। गत वर्षदेखि आयोजना हुँदै आएको गोल्डकप विजेताले ४ लाख र उपविजेताले २ लाख पुरस्कार जित्ने छन्।
यस बर्ष पुरस्कार राशी बढाइएको हो। अघिल्लो वर्ष विजेता र उपविजेताले क्रमश ३ लाख १ हजार १ सय ११ र १ लाख ५० हजार पाएका थिए। गोल्डकपको म्यान अफ दी सिरिजलाई २५ हजार र विधागत उत्कृष्ट खेलाडीले जनही १० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ।