पानवारी/ धरान–६ स्थित सिमल चौरी खेल मैदानको स्तरोन्नतीको काम सम्पन्न भएको छ । धरान उपमहानगरपालिकाले विनियोजन गरेको १ लाख रुपैयाको लागतमा खेल मैदानको स्तरोन्नती गरिएको खेल मैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष राजन न्यौपानेले बताए ।
उनका अनुसार खेल मैदानलाई पहिलो चरणमा सम्याउने काम सम्पन्न गरीसकिएको छ । नगरपालिकाले छुट्याइदिएको सिमित बजेटले खेल मैदान सम्याउने काम मात्र सम्पन्न भएकोले खेल मैदानको थप स्तरोन्नतीको लागी पहल भइरहेको पनि अध्यक्ष न्यौपानेले जानकारी दिए । उक्त खेल मैदानमा २०७२ सालदेखि आयोजना हुँदै आएको पूर्वाञ्चलव्यापी भलिबल प्रतियोगिता हुँदै आएको छ । यसवर्षको खेल सुरु हुन लागेकोले पनि मैदानको स्तरोन्नती दु्रत गतिमा गरिएको भलिबल प्रयोगिता आयोजक क्लब सयपत्रि बोइज युनियनका सचिव विश्वजित राईले बताए ।