धरान/अन्तर वडास्तरीय गोधुली रनिङ कप खेलाउँदै आएको गोधुली क्लवले आफ्नै भवन निर्माणको लागि जग्गा खरिद गरेको छ । [caption id="attachment_65855" align="alignnone" width="3264"] तस्बिरः भाेजराज श्रेष्ठ[/caption] क्लवले धरान–१७ रेल्वेमा करिव १५ धुर जग्गा खरिद गरेको हो । धरान–१७ समाज हङकङको सहयोगमा क्लवले करिव १९ लाख बराबरको जग्गा खरिद गरेको छ । हङकङमा रहेका धरान–१७ बासीहरुले जग्गा खरिदका लागि १८ लाख ७६ हजार ५६५ रुपैया संकलन गरेर क्लवलाई शुक्रबार हस्तान्तरण गरेको हो । समाजका कोषाध्यक्ष राजु राईले क्लवका अध्यक्ष देशकुमार राईलाई रकम हस्तान्तरण गरेका थिए । अध्यक्ष देशकुमारले हङकङबासीहरुलाई धन्यवाद ज्ञापन गर्दै आउँदा दिनहरुमा भवन निर्माणको लागि सहयोग गर्न आग्रह गरे । समाजका कोषाध्यक्ष राजुले पनि नेपालका प्राकृतिक विपद् आउँदाखेरी अन्यत्र पनि सहयोग गरेको उदाहरण दिँदै आफ्नै जन्मथलो धरान–१७ को क्लवलाई अघि बढाउने दायित्व अनुरुप सहयोग गरिएको बताए । समाजले हङकङमा रहेका सबै नेपालीहरुबाट संकलन गरेको बताए । यसैबीच स्थानीय तहमा निर्वाचित उपमेयर मञ्जु भण्डारी सुवेदीसहित १७ नम्बरका वडा अध्यक्ष सूर्य भट्टराईसहित चाजना सदस्यहरुलाई दोसल्लासहितले सम्मानित गरिएको छ । कार्यक्रममा अध्यक्ष देशकुमारलगायतले सम्मानितहरुलाई दोसल्ला तथा सम्मान पत्र हस्तान्तरण गरे । २०४३ सालदेखि नै सक्रिय रहेको क्लवले २०५० सालदेखि नै वडा स्तरीय गोधुली रनिङ कप गराउँदै आइरहेको छ । आगामी पुष १५ गतेदेखि २९ गतेसम्म १८ औं गोधुली कप गराउन लागेको छ ।