पाँचथर/ पाँचथर सदरमुकाम फिदिममा शुक्रबारदेखि सुरु भएको नवौं रुस्लान फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगितामा सुनसरी–११ ले बिजयी सुरुवात गरेको छ ।

[caption id="attachment_65858" align="aligncenter" width="548"] निलो जर्सीमा सुनसरी र पहेंलो जर्सीमा ब्वाइज युनियनका खेलाडिहरु ।[/caption]

फिदिम माविको खेलमैदानमा सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा काठमाण्डौंको डिभाइन ब्वाइज युनियन क्वल ३–० ले पराजीत भयो । प्रतियोगिताको आगन्तुक टोली ब्वाइज युनियनलाई प्रतियोगिता पहिलो गाँसमै ढुङ्गा साबित भयो । सुनसरी–११ लाई जीत दिलाउँन खेलको चौंथो र १७ औं मिनेटमा तीर्थ बस्नेतले गोल गरे । त्यस्तै ६५ औं मिनेटमा निशान लिम्बूको क्रशमा सौजन याक्खाले सुन्दर गोल गरे । खेलको पहिलो हाफमा २–० ले पछि परेको ब्वाइज युनियनले दोस्रो हाफमा खेलमा फर्किने प्रयास गरे पनि बिफल बन्न पुग्यो ।

भर्तमान राई र दीपेश आले मगरले गोल गर्ने सुन्दर अवशरलाई सदुपयोग गर्न सकेनन् भने जग्रि इसोफको फ्रि किक प्रहार पोलमा ठोकिएर फर्कियो । अन्ततः सुनसरीले ३–० को नतिजा सहित बिजय हाँसिल गर्यो । दोस्रो हाफमा ब्वाइज युनियनले गोल गर्ने केही राम्रा मुभ बनाए पनि सुनसरी–११ का गोल किपर मनिष निम्सिना र डिफेन्डर बिष्णु सुनुवार बाधक बनेका थिए । खेलको म्या अफ दि म्याच सुनसरीका जर्सी नम्बर सात तीर्थ बस्नेत बने ।

प्रतियोगिता अन्तर्गत शनिबार ताप्लेजुङको मिशन युनाइटेड क्लवले डिफेन्डिङ च्याम्पियन झापाको बिर्तामोड युनाइटेड क्लवको सामना गर्ने आयोजक फिदिम स्पोर्टिङ क्लवका अध्यक्ष बिमल कुमार श्रेष्ठले बताए ।