सुनसरीलाई जीत दिलाउँन खेलको २७ औं र ३६ औं मिनेटमा हेमन्त थापा मगरले फ्रि किक मार्फत सुन्दर गोल गरे । त्यस्तै ५१ औं मिनेटमा तीर्थ बस्नेतले गोल गर्दै स्कोर बढाए । उत्कृष्ठ प्रदर्शन गरे पनि एपिएफले पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा प्रतियोगिताबाट बाहिरिनु प¥यो । एपिएफको आक्रमक खेललाई आँकलन गरेर आफूहरुले रक्षात्मक रणनीतिबाट खेलेको र त्यसमा सफल पनि भएको सुनसरीका प्रशिक्षक श्याम मानान्धरले बताए । एपिएफका प्रशिक्षक रत्नकाजी महर्जनले हारको जिम्मा लिंदै पाएका अवशरलाई खेर फाल्दा खेल गुमाउँनु परेको प्रक्रिक्रिया दिए । सुनसरीका हेमन्तले खेलको म्यान अफ दि म्याच बन्दै नगद दश हजार प्राप्त गरे । फाइनल प्रवेशका लागि सुनसरीले अब पुष ११ गते हुने भारतको युके क्लव दार्जिलिङ र अग्नी रुपन्देही बीचको खेलको बिजेता सँग पुस १३ गते प्रतिश्पर्धा गर्नुपर्नेछ ।