पाँचथर । रुपन्देही–११ पाँचथरको सदरमुकाम फिदिममा जारी नवौं रुस्लान फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ ।
फिदिम माविको खेलमैदानमा मंगलबार सम्पन्न खेलमा भारतको यु.के.फुटवल क्लव खर्साङ बिरुद्ध ३–१ को सहज जीत निकाल्दै रुपन्देहीले फाइनल प्रवेशका लागि पुष १३ गते हुने पहिलो सेमीफाइनलमा सुनसरी–११ सँगको भेट पक्का गरेको हो । रुपन्देहीलाई जिताउँन खेलको १९ औं मिनेटमा सुनिल खड्का, २९ औं र ६१ औं मिनेटमा रजिन सुब्बाले गोल गरे ।
यु.के.खर्साङको लागि खेलको ३५ औं मिनेटमा प्रशान्त गुरुङले गोल गरेका थिए । पूरै खेल अवधीभरी यु.के.खर्साङले दबाब झेल्नु परेको थियो । खेलको म्यान अफ् दि म्याच रुपन्देहीका छिरिङ गुरुङ बने । उनले नगद दश हजार प्राप्त गरे । प्रतियोगिता अन्तर्गत बुधबार बिभागिय टोली त्रिभुवन आर्मी र मोरङ–११ बीच प्रतिश्पर्धा हुने आयोजक फिदिम स्पोर्टिङ क्लवका अध्यक्ष बिमल कुमार श्रेष्ठले बताए । फोटो पनि छ ।