धरान/वडास्तरबाट खेलाडी उत्पादन गर्न गोधुली कप धरानको निर्विकल्प बनेको छ । [caption id="attachment_66808" align="alignnone" width="1024"]godhuli-cup-dharan तस्बिरः भाेजराज[/caption] २०५० सालदेखि प्रारम्भ भएको गोधुली कप अठारौं संस्करणमा आइपुग्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्मको खेलाडी उत्पादन गरेको क्लवको दाबी छ । यो पटक अठारौं संस्करण पुष १५ गतेदेखि २९ गतेसम्म हुँदै छ । एन्फा एकेडेमीकाे खेल मैदानमा हुने प्रतियाेगिताकाे मूख्य उद्देश्य वडा स्तरबाट खेलाडी उत्पादन गर्ने हाे । ‘गोधुलीको उद्देश्य नै खेलाडीहरु जन्माउने हो ।’ क्लवका सचिव युवराज अधिकारीले भने । वडा वडाका टीमहरुलाई प्रतियोगितामा सहभागिता गराउने गरेको छ । वडाका खेलाडी भन्दा बाहिरका खेलाडीहरु सहभागी भएमा त्यस्ता वडाहरुलाई कारबाही स्वरुप केही वर्ष खेल खेल्नबाट बन्चित गर्ने गरेको क्लवले जनाएको छ । १८ औं संस्करणमा १९ वटा वडाहरु भिडन्त गर्र्दै छन् । ९ नम्बर वडाले यसपटक सहभागी नभएको सचिव अधिकारीले बताए । प्रतियोगितामा उद्घाटन खेल साविक विजेता १३ नम्बर वडा र धरान ६ नम्बर वडाबीच हुँदै छ । क्लवले १८ औं सस्करणको टाइसिटसमेत सार्वजनिक गरिसकेको छ । पुरस्कार राषी बढाइयो १८ औं सस्करणमा आइपुगेको गोधुलीले यसपटक प्रथम पुरस्कारमा २५ हजार रुपैया वृद्धि गरेको छ । ७५ हजार रुपैया पाउँदै गरेको विजेताले यो पटक एक लाख रुपैयासहित रनिङ सिल्ड, प्रमाण पत्र र मेडल प्राप्त गर्ने छ । त्यस्तै उपविजेताको रकम भने यथावत रहेको क्लवले जनाएको छ । क्लवका अनुसार उपविजेतालाई ५० हजार रुपैया नगदसहित सिल्ड, प्रमाण पत्र र मेडल प्राप्त गर्ने छन् । यो सत्रौं सस्करणको निरन्तरता हो । त्यस्तै सर्वोकृष्ट खेलाडीले नगद १० हजारसहित ट्रफी, सर्वाधिक गोलकर्ताले नगद ७ हजार रुपैयासहित ट्रफी, फाइनल खेल म्यान अफ दी म्याचले नगद ५ हजारसहित ट्रफी, उदयिमान खेलाडीले नगद ७ हजार रुपैयासहित ट्रफी र अनुशासित टिमले नगद ५ हजार रुपैयासहित ट्रफी पाउने छ । हालसम्मका विजेता धरान–१९ हालसम्मको सर्वाधिक विजेता टिम हो । उसले गोधुलीमा डब्बल ह्याट्रिक गरेको छ । उसले पाँचौं, सातौं, आठौं, एघारौं, बाह्रौं र सोह्रौं सस्करण जितेको छ । त्यस्तै धरान ८ ले चारपटक उपाधि उचालेको छ । उसले तेस्रो, छैठौं, नवौं र पन्ध्रौं संस्करण जितेको छ । त्यस्तै धरान ११ ले ह्याट्रिक जित निकालेको छ । उसले प्रथम, चौथो, र तेह्रौं सस्करण जितेको छ । धरान १८ ले दोस्रो र दशौं सस्करण गरेर दुई पटक उपाधि उचालेको छ । धरान १५ र १३ ले एक–एक पटक उपाधि उचाल्दै टाई गरेका छन् । १५ ले चौधौं संस्करण जित्दा १३ ले सत्रौं सस्करण जितेको हो । पहिलो राउण्डमा यी–यी वडाबीच भिडन्त साविक विजेता धरान–१३ ले उद्घाटन खेल नै धरान–६ सँग खेल्दै छ । त्यस्तै धरान–१६ र धरान–५ बीच पुष १६ गते भिडन्त हुँदै छ । पुष १७ गते धरान १ र १५, धरान–२० र ३ बीच भिडन्त गर्दैछन् । पुष १८ गते धरान १० र १२ बीच पहिलो खेल हुँदा दोस्रो खेल धरान २ र ११ बीच हुँदै छ । पुष १९ गते धरान ४ र धरान १७ बीच पहिलो भिडन्त हुँदा धरान ७ र १८ दोस्रो भिडन्त हुँदै छ । सर्वाधिक विजेता धरान–१९ र धरान ८ भने बाइ पाएर सिधै क्वाटरफाइनलमा पुगेको छ ।