धरान/अध्यायन अध्यापनमा समस्या देखिएको भन्दै पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरान व्याचलर इन आर्किटेक्चर तेस्रो वर्ष पहिलो खण्डका विद्यार्थीहरुले लगाएको तालाबन्दी खुलेको छ ।
[caption id="attachment_66648" align="alignnone" width="979"]
क्याम्पस प्रशासनकाे मूख्य गेटमा विध्यार्थीद्वारा गरिएकाे तालाबन्दी । तस्बिरः भाेजराज[/caption]
तर, कृषि इन्जिनियरिङ विभाग चौथो वर्ष पहिलो खण्डका विद्यार्थी पद्मरञ्जन चौधरीको दोहोरो भर्ना शुल्कको विवादमा गरिएको तालाबन्दी भने हालसम्म खुलेको छैन् । विद्यार्थीहरुले सोमबार प्रशासनको मूख्य गेटमा तालाबन्दी गरेका थिए ।
क्याम्पस प्रशासनले ४५ दिन भित्र पूरा गर्ने आश्वासन दिएपछि आर्किटेक्चरका विद्यार्थीहरुले लगाएको ताला खुलेको आर्किटेक्चर तेस्रो वर्ष पहिलो खण्डका विद्यार्थी विशाल देवले बताए ।
उनीहरुले आर्किटेक्चरको लागि स्टुडियो हल निर्माण गर्नुपर्ने, प्राध्यापक पूर्ती गर्नुपर्ने, छात्राहरुको सौचालयको व्यवस्थालगायतका मागहरु राखेका आन्दोलित थिए ।
क्याम्पस प्रमुख जितेन्द्र चौधरीले विद्यार्थीहरुको जुन जुन मागहरु छ त्यो समाधान गर्ने पक्षमा आफूहरु रहेको बताउनुभयो । तर, दोहोरो भर्ना शुल्कमा भने डिन कार्यालयको हातमा रहेकाले उताबाट जस्तो जवाफ आउँछ आफूहरु त्यही अनुसार अघि बढ्ने बताए ।