धरान/एमेच्योर टङ्कबहादुर कार्कीले सूर्य नेपाल इष्र्टन ओपनको दोस्रो दिन ३ अण्डर ६७ स्कोर गर्दै नेपालका नम्बर वान प्रो. शिवराम श्रेष्ठलाई चूनौति दिएका छन् । शिवराम २ स्ट्राेकले पछि छन् । [caption id="attachment_66868" align="alignnone" width="1024"] तस्बिरः ब्लाष्ट[/caption] कार्कीले निर्वाणा कन्ट्री क्लव कोर्षमा बिहीबार ३६ होलको समाप्तिमा ७ अण्डर १३३ स्कोर बनाउँदै आफ्नो अग्रता कायमै राखेका छन् । २ स्कोरले पछि परेका प्रो. शिवरामले ३६ होलको समाप्तिमा ५ अण्डर १३५ खेल्दै कार्कीलाई पछ्याउँदै छन् । शिवरामले फ्रण्ट नाइनको पहिलो होलमै डब्बल बुगी खेल्दै १ ओभर ३६ स्कोर बनाए । ब्याक नाइनमा एक अण्डर ३४ खेलेका उनले १० औं, १२ औं र १७ होलमा बर्डी गरेका थिए भने १६ औं र १८ औं होलमा सिंगल बुगी खेपे । एमेच्योर कार्कीले फ्रन्ट नाइनमा एक अण्डर ३४ खेल्दा ब्याक नाइनमा २ अण्डर ३३ खेल्दै पहिलो दिनको लय समातिरहे । अर्का स्थानीय एमेच्योर शुक्रबहादुर राईले ३६ होलको समाप्तिमा ५ अण्डर १३५ खेल्दै दोस्रो दिन शिवरामसँग टाई गरे । राईले फ्रन्टमा ३३ स्कोर गर्दा ब्याकमा ३४ स्कोर गर्दै दुईस्थान माथि उक्लिए । दोस्रो दिन राईले ३ अण्डर ६७ खेले । नेपालका दोस्रो नम्बर गल्फर प्रो. सञ्जय लामाले बिहीबार लेभल पार खेल्दै कुल ३ अण्डर १३७ स्कोर गरे । प्रो. तर्फ उनी दोस्रो नम्बरमा छन् । सञ्जयले फ्रन्ट नाइनमा ३६ खेल्दा ब्याक नाइनमा ३४ खेलेका थिए । उनले दोस्रो होलमा बुगी खेप्दा छैठौं होलमा बर्डी गरे । ब्याक नाइनको १० औं होलमा बर्डी गर्दा १६ औं होलमा सिंगल बुगी खेपे । एमेच्योरबाट प्रो. टर्न भएका धरानका शिवकुमार माझी २ अण्डर ६८ खेल्दै कुल १ अण्डर १३९ कार्ड बनाउन सफल भए । उनी भुवन नगरकोटीसँग टाई भए । भुवनले ४ अण्डर ६६ खेल्दै दोस्रो दिन उत्कृष्ट लयमा फर्किए । तर, पहिलो दिनको खराव प्रदर्शनलाई कमव्याक गर्न उनी ३६ होलको समाप्तिमा १ अण्डर १३९ स्कोर बनाउँदै चौथो स्थानमा उक्लिएका छन् । एमेच्योर तर्फ निरज तामाङले ३६ होलको समाप्तिमा लेभल पार खेल्दै ५४ होल खेल्ने स्थान पक्का गरेका छन् । उनीसहित युवराज भुजेल, सुन्दर राई र सुमन परियार पनि छनौट भएका छन् । यता प्रो तर्फ लेभल पार गर्दै धरानका बलभद्र राई पाचौं नम्बरमा छन् । पहिलो दिन पनि लेभल पार खेलेका उनले दोस्रो दिन पनि लेभल पार खेले । ५४ होलको लागि २१ प्रो र ६ एमेच्योरले आफ्नो स्थान पक्का गरेका छन् । एक ओभर १४१ खेल्दै प्रो.जयराम श्रेष्ठ र दीपक मगर छैैठौं स्थानमा छन् । ३ ओभर १४३ खेलेका प्रो धनबहादुर थापा, रामे मगर, थामबहादुर राई र सविन सापकोटा सातौं स्थानमा छन् । प्रतियोगितामा ३० प्रोसहित एमेच्योर गरेर ६१ जनाले स्पर्धा गरेका थिए । ७ ओभर १४७ स्कोर गर्ने प्रो तथा एमेच्योरहरु ५४ होलका लागि छानिए ।