मैत्रीपूर्ण फुटबलमा प्राध्यापकको टिम विजयी
धरान/स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस धरानको आयोजनामा शुक्रबार मैत्रीपूर्ण फुटलब खेल सम्पन्न भएको छ ।
बीपी प्रतिष्ठानको खेल मैदानमा सम्पन्न खेलमा क्याम्पसका प्राध्यापकको टिमले स्ववियुको टिमलाई २–० गोल अन्तरले पराजित गरेको छ । प्राध्यापकको तर्फबाट कृष्णगोपाल अधिकारी र अनिश राईले गोल गरेका थिए ।
यता विद्यार्थीहरुको टिमबाट कुनै पनि गोल हुन नसकेको प्राध्यापक जीवन राईले जानकारी दिए । उनका अनुसार स्ववियुले साताव्यापी विविध कार्यक्रम गरिरहेको छ । जस अन्तर्गत शुक्रबार विद्यार्थीहरुबीच पनि फाइनल खेल भएको थियो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































