पाँचथर । मोरङ–११ नवौं रुस्लान फाल्गुनन्द गोल्ड कप फुटवल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको अन्तिम सेमीफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन झापाको बिर्तामोड युनाइटेड क्लवलाई सडन डेथमा पराजीत गर्दै मोरङ उपाधि नजिक पुगेको हो । मोरङ अब पुष १६ गते हुने प्रतियोगिताको फाइनल खेलमा सुनसरी–११ बिरुद्ध उपाधि उचाल्ने मनोबल सहित मैदान उत्रिनेछ । फिदिम माविको खेलमैदानमा भएको खेलको २५ औं मिनेटमा कर्ण लिम्बूले गोल गर्दै बिर्तामोडलाई अग्रता दिलाएका थिए । बिजय नजिक पुगेको बिर्तामोड बिरुद्ध खेलको ८१ औं मिनेटमा अशोक खवासले गोल गर्दै मोरङलाई खेलमा फर्काएका थिए । खेलको निर्धारित समय १–१ बारबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट लिनु परेको थियो । पेनाल्टी सुट आउटमा मोरङका बुद्धिमान राई, अविशेक लिम्बू, मिक्चेन तामाङ, अशोक खवास, मिन धिमाल, र सुरेन्द्र खवास चुकेनन् । बिर्तामोडका कर्ण लिम्बू, योगेश गुरुङ, सुमिन मैनाली, दिलेन लोक्ताम, र बिक्कि चौधरीले गोल गरे भने फितलो प्रहार गरेका आशिष चपागाइको बललाई मोरङका गोलकिपर सूर्य अधिकारीले रोकेका थिए । खेलको म्यान अफ् दि म्याच बनेका सुनसरीका अशोकले नगद दश हजार प्राप्त गरे । प्रतियोगिताको फाइनल खेल पुष १६ गते दिनको एक बजेदेखि हुने आयोजक फिदिम स्पोर्टिङ क्लवका महासचिव पाशाङ तामाङले बताए ।

पूर्व राष्ट्रिय खेलाडि लाओती सम्मानित यसैबीच फिदिम स्पोर्टिङ क्लव र अखिल नेपाल फुटवल संघ (एन्फा) पाँचथरले पूर्व राष्ट्रिय खेलाडि गणेश लाओतीलाई सम्मान गरेको छ । पाँचथरको कुम्मायक गाउँपालिका–१, यासोकमा जन्मेर गाउँको स्थानीय क्लव र फिदिम स्पोर्टिङ क्लवबाट खेल्दै राष्ट्रिय/अन्तराष्ट्रिय स्तरमा राम्रो फुटवल खेलि जिल्लाको प्रतिष्ठालाई उच्च राखेको भन्दैलालोतीलाई ताम्रपत्र सहित १२५ सिसिको यमाहा मोटरसाइकल प्रदान गरि सम्मान गरिएको हो । नेपालको राष्ट्र टोलिमा खेलेका तथा बिभागिय टोली एपिएफको लामो समय सम्म कप्तानी गरेका आलोतीले आफ्नो जिल्लामा सम्मानित हुन पाउँदा खुसी लागेको बताए ।