धरान/सूर्य नेपाल इष्र्टन ओपन गल्फ टुर अन्तर्गत शनिबार प्रो–एम खेलमा प्रो. उमेश नगरकोटीको टिम च्याम्पियन बनेको छ । धरानको निर्वाणा कन्ट्री क्लवको पार ७० को गल्फ कोर्षमा १६४ अंक बनाउँदै नगरकोटीको टीम च्याम्पियन बनेको हो । खेल स्टेबल फोर्डको आधारमा भएको थियो । नगरकोटीको टीममा एमेच्योर गल्फर सञ्जिव तिवारी, कमल आचार्य र विशेष राई रहेका थिए । त्यस्तै १४८ अंक बटुल्दै प्रो. मणी राईको टोली दोस्रो बनेका थिए । राईको टोलीमा रितेश तामाङ, गजेन्द्र लिम्बू, युवराज लिम्बू रहेका थिए । प्रो. राम थापाको टोली १३६ अंकका साथ तेस्रो बनेको छ । थापाको टोलीमा एमेच्योर अर्जुन सुनुवार, रुपेन गुरुङ र सुन्दर राई रहेका थिए । प्रतियोगितामा १५ वटा प्रो–एम टोली भिडन्त गरेका थिए । १५ जना प्रो.सहित ४५ एमेच्योर गल्फरहरु सहभागी बनेका थिए ।