विराटनगर/ विराटनगर–९ मा रहेको हिमालय दर्शन कलेजमा खेलकुद सप्ताह सुरु भएको छ । कलेज परिसरमा एक कार्यक्रम आयोजना गरी खेलकुद सप्ताह मंगलबारदेखि शुरु भएको हो ।
कलेजमा अध्ययरत विद्यार्थीहरुमा भएको प्रतिभा उजार गर्ने उद्देश्यले आयोजना गरीएको सप्ताहमा विभिन्न खेलहरु समावेश गरिएको कलेज प्रमुख भरत सापकोटाले जानकारी दिए ।
खेलकुद सप्ताहमा क्रिकेट, फुटबल, चेस टेबल टेनीस, ब्याडमिन्टन, बास्केटबल, भलीबल र दौडको खेलहरु समावेश गरिएको खेलहरु रहेको कार्यक्रम संयोजक नबिन मिश्रले जानकारी दिए । पुस २१ गतेसम्म सञ्चालन हुने खेल सप्ताहमा १ सय ५० जना विद्यार्थाीहरु सहभागि हुनेछ ।
प्रतियोगिताको बिजेता हुने विद्यार्थीहरुलाई आकर्षण ट्रफि वितरण गर्ने कलेजले जनाएको छ ।