नायिका तथा निर्मात्री निशा अधिकारीले भने आफू आमा बनेको कुरा फेसबुक मार्फत जानकारी गराईन । उनी गर्भवती अवस्थामा भए पनि आफू आमा भैसकेको फेसबुकमा लेखेकी छिन् ।
क्रीकेटर सरद भेष्वाकर संग ७ महिना अघि अर्थात असार १६ गते बैबाहिक सम्बन्धमा बाधिएकि उनले आफ्नो पेटमा हातले स्पर्श गर्दै गरेको तस्वीर पनि स्टाटस संगै सार्बजनिक गरेकी छिन् ।
आफुले गर्भवती हुँदा यो सम्बन्धी पुस्तक पढिरहेको समेत उनले लेखेकी छिन् । लामो समय देखिको प्रेमलाई बिबाहमा परिणत गरेको सरद र निशाको पहिलो सन्तान पेटमा हुर्कदै गरेको ५ महिना पुगेको स्टाटसमा लेखेकी छिन् ।