धरान/धरान–१७ र १८ वडास्तरीय रेडबुल गोधुली कपको क्वाटरफाइनमा प्रवेश गरेका छन् ।
एन्फा एकेडेमीको बुधबारको खेलममा धरान–१७ ले धरान–४ लाई ८–० भारी गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ । धरान–१७ बाट जितका लागि तपन कार्कीले ह्याट्रिक गर्दा जोसन राईले २ गोल गरे । त्यस्तै हेमन्त थापा मगर, मिलन राई र सुजन शर्माले एक–एक गोल गरे ।
[caption id="attachment_67694" align="alignnone" width="960"]
तस्बिरहरूः मनाेज चाम्लिङ[/caption]
खेलको म्यान अफ दी म्याच धरान–१७ का तपन कार्की घोषित हुँदै ट्रफी पाए । दोस्रो खेलमा धरान–१८ ले धरान–१० लाई २–० गोल अन्तरले पराजित गरेको छ । खेलमा खेम राई र रोशन राईले एक एक गोल गरे । बिहीबारको पहिलो खेल धरान–१३ र १४ बीच हुने छ भने दोस्रो खेल धरान–१६ र धरान–८ बीच हुने आयोजक गोधुली क्लवका सचिव युवराज अधिकारीले जानकारी दिए ।