धरान/जिल्ला स्तरीय अन्तर विद्यालय युनाइटेड गोर्खा एकेडेमी बोइज तथा गल्स भलिबल कपको तयारी पूरा भएको छ । [caption id="attachment_67698" align="alignnone" width="1024"] तस्बिरः भाेजराज श्रेष्ठ[/caption] प्रतियोगितामा वोइज तर्फ १८ वटा टिमले अन्तिम स्पर्धा गर्ने भएका छन् भने गल्स तर्फ १३ वटा टिमहरुले प्रतिस्पर्धा गर्ने आयोजक युनाइटेड गोर्खा एकेडेमीका प्रिन्सिपल पेम्वा शेर्पाले बुधबारको पत्रकार सम्मेलनमा बताए । प्रतियोगितामा आयोजकसहित पूर्व क्षेत्रीय प्रहरी स्कु, डिपो स्कुल, समिट स्कुल, कार्मेल स्कुल, धरान मोडेल स्कुल, इटहरीको बालविकास स्कुल, लिटल फ्लावर स्कुल, हाम्रो इङ्लिस बोर्डिङ स्कु, सेक्रेड हार्ट स्कुल, तरहराको ज्ञानदर्पण स्कुल, तरहरा मोडल स्कुल र पकलीको स्ट्यान्र्डड पकली स्कुल सहभागी छन् । पौष २६ गतेदेखि शुरु हुने प्रतियोगितामा छात्रछात्रा विजेताले नै १५ हजार रुपैया प्राप्त गर्ने छन् । त्यस्तै दोस्रोले नगद १२ हजार रुपैया र तेस्रोले नगद १० हजार रुपैया प्राप्त गर्ने छन् । त्यस्तै छात्र तर्फ उत्कृष्ट डिफेन्स, उत्कृष्ट स्पाइक, उत्कृष्ट ब्लक, उत्कृष्ट लिफ्टर, र उत्कृष्ट खेलाडीले जनही नगद १२ सय रुपैया प्राप्त गर्ने छन् । साथै, छात्राहरुमा पनि उत्कृष्ट सर्भिस, उत्कृष्ट डिफेन्स, उत्कृष्ट स्पाइक, उत्कृष्ट लिफ्टर र उत्कृष्ट खेलाडीले जनही १२ सयका दरले नगदसहित प्रमाण पत्र र मेडल प्राप्त गर्ने छन् । प्रतियोगिताको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम गर्ने तयारी रहेको एकेडेमीले जनाएको छ । यसपटक सेमी लिगमा नभई नकआउटको आधारमा खेल खेलाइएने कार्यक्रम संयोजक महेश पोखरेलले बताए । विद्यार्थीहरुको चौतर्फी विकास तथा पारस्परिक सम्बन्धको निरन्तरताको लागि खेलकुद खेलाउन लागिएको आयोजकले जनाएको छ । यो पाँचौं संस्करण हो । चौथो संस्करणमा छात्रमा पूर्व क्षेत्रीय प्रहरी स्कुलले विजेता बन्दा हाम्रो इङ्लिस बोर्डिङ स्कुल दोस्रो बनेको थियो । त्यस्तै छात्रा तर्फ हाम्रो इङिलस बोर्डिङ स्कुल विजेता बन्दा लिटल फ्लावर स्कुल दोस्रो बनेको थियो ।