धरान/ क्यान्सर पीडित ३१ वर्षीय एकल महिला इन्दिरा थापा मगरलाई आर्थिक सहयोग प्राप्त भएको छ । थापालाई जातिय संस्था लाङगाली कल्याणकारी समाज हङकङले २ लाख ८९ हजार पाँच सय दस रुपैया रकम हस्तान्रण गरेको छ । संस्थाको अक्षयकोष मार्फत सचिव शिशिर पुर्वछाने मगरद्वारा रकम हस्तान्तरण गरेको हो ।
धरान घर भएकी थापाले हाल काठमाडौँको हात्तिवन स्थित नेपाल क्यान्सर अस्पालमा उपचार गर्याइरहेकी छिन् ।थापाकी १० वर्षे एउटा छोरा छ । वैदेशिक रोजगारीको सिलसिलामा उनको श्रीमानको मृत्य भएको थियो ।
सचिव पुर्वछानेले पिडित थापाको सिघ्र स्वास्थ्यलाभको कामना गरे । यसैबिच रकम संकलनमा सहयोग पुर्याउने अन्य सहयोगी हातहरुलाई अध्यक्ष हर्क रानामागरले धन्यवाद दिए ।