धरान/धरानमा माघको पहिलोसातादेखि स्कुल स्तरीय मेयर कप हुने भएको छ । मेयर कपमा १० वटा खेलहरु खेलाइने छन् । [caption id="attachment_68011" align="alignnone" width="1024"] तस्बिरः शेखरनाथ जाेगी[/caption] ‘मेयर कप स्कुल ओलम्पिक’ नाम दिइएको प्रतियोगिता माघ ३ गतेदेखि १० गतेसम्म हुने भएको हो । कपमा फुटबल, भलिबल, बास्केटबल, टेबुलटेनिस, ब्याडमिन्टन, बुद्धिचाल, कराते, ताइक्वान्डो, क्रिकेट, एथलेटिक्स हुने छन् । फुटबल बाहेक अन्य खेलहरुमा छात्रछात्राकै सहभागिता रहने खेलकुद विकास समितिका अध्यक्ष सुवास राईले आइतबारको पत्रकार सम्मेलनमा बताए । प्रतियोगितामा विजेता स्कुलले नगद १ लाख रुपैयासहित प्रमाण पत्र पाउने छ । त्यस्तै दोस्रो हुने विद्यालयले नगद ५० हजार र तेस्रो हुने विद्यालयले २५ हजार रुपैया प्राप्त गर्ने छ । कुल १० वटा प्रतियोगिताबाट खेलाडीहरुले ५९ वटा स्वर्ण र ५९ वटा रजत पदक प्राप्त गर्ने छन् । त्यस्तै ८२ वटा कास्य पदक प्राप्त गर्ने छन् । प्रतियोगितामा कुल खर्च १४ लाख ३१ ह्जार ७९० रुपैया हुने अनुमान गरिएको छ । जसमा धरान उपमहानगरले १२ लाख रुपैया बजेट विनियोजन गरेको छ । प्रतियोगितामा हाल ४६ स्कुलले दर्ता गरिसकेका छन् । खेलहरु विभिन्न स्कुलमा आयोजना हुने छन् ।