धरान–१७ सेमीमा
धरान/वडास्तरीय अठारौं रेडबुल गोधुली कपको सोमबारको खेलमा धरान–१७ सेमिफाइलनमा प्रवेश गरेको छ ।
धरान–१७ स्थित एन्फा एकेडेमीको खेल मैदानमा जारी खेलमा धरान–१७ ले धरान–१२ लाई २–० गोल अन्तरले पाखा लगाउँदै सेमिफाइलनमा प्रवेश गरेको हो । जितका लागि धरान–१७ बाट दुईवटै गोल तपन कार्कीले गरे ।
खेलको म्यान अफ दी म्याच धरान–१७ का अस्विन तोलाङ्गी घोषित हुँदै ट्रफी पाए । मंगलबारको अन्तिम क्वाटरफाइलन धरान–११ र १९ का बीच हुने आयोजक गोधुली क्लवका सचिव युवराज अधिकारीले बताए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































