धरान ११ स्थित लिर्वटी रेसिडेन्सियल स्कूलले ̋ स्वास्थ्य जीवन स्वच्छ विचार ” भन्ने मुल नाराका साथ खेलकुद सप्ताहको सुभारम्भ गरेको छ । कक्ष्ाँ नर्सरी देखि १० सम्मका बिद्यार्थीहरुले सहभागिता जनाइ रहेको खेलकुद सप्ताहमा जम्मा २९ खेलहरु समाबेस गरिएको छ । सोमबार इनडोर इभेन्टका ११ वटा खेलहरु सञ्चालन भए । आउट डोर इभेन्टहरु मंगलवारबाट सञ्चालन हुने पिन्सिपल तेजमान लिम्बूले बताए । बिना खेलकुद शिक्ष्ाँ अपुरो हुने समेत लिम्बू बताउछन् । ̋ बिद्यार्थीहरुको शारीरिक तथा बौदिक बिकासको प्रमुख आधार खेलकुद भएकोले हाम्रो स्कूलले प्रत्येक बर्ष खेलकुद सप्ताह आयोजना गर्ने गरेको छ । ” शिक्ष्ँक राजन राई बताउछन् । २६ गते बिहान १० बजे देखी स्कूलले निर्धारण गरेको रुटमा म्याराथुन दौड हुने म्याराथुन दौडका संयोजक तथा शिक्षक सुमन श्रेष्ठले बताए ।