धरान/राखेप च्याम्पियनसिप अन्तर्गत ३९ औ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा पूर्वाञ्चलबाट १२ जना महिला पुरुष छनौट भएका छन् ।
धरान–१३ को अमरसेवा समाजको कवर्ड हलमा सोमबार र मंगलबार सम्पन्न छनौटबाट ७ पुरुष र ५ महिला छनौट भएका छन् । छनौट खेलाडीहरुले आगामी माघ २ गतेदेखि ६ गतेसम्म कञ्चनपुरको महेन्द्रनगर हुने प्रतियोगितामा सहभागी हुने छन् ।
प्रतियोगिता संयोजक तथा ब्याडमिन्टन संघका केन्द्रीय उपाध्यक्ष चन्द्रशेखर लामाका अनुसार पुरुष तर्फ भोजपुरका बिकास श्रेष्ठ, सुनसरीका सुजन श्रेष्ठ, रविन साउदेन, मोरङका उज्वल पोखरेल, झापाका प्रनिस सिंह ठकुरी, नितेश न्यौपाने र ताप्लेजुङका वसन्त गुरुङ छनौट भएका हुन् ।
त्यस्तै महिलामा मोरङकी निता लम्साल, सिमा राजबंशी, इलामकी सुलोचना भक्तराज, झापाकी जेसिका गुरुङ र सुनैना मुखिया छनौट भए ।
प्रतियोगितामा ११ जिल्लाका १६ मलिा र ३१ पुरुष भिडन्त गरेका थिए ।