धरान–११ सेमिफाइलनमा
धरान/वडास्तरीय अठारौं रेडबुल गोधुली कप अन्तर्गत मंगलबारको खेलमा धरान–११ विजयी बनेको छ ।
एन्फा एकेडेमीको खेल मैदानमा जारी खेलमा धरान–११ ले धरान–१९ लाई सून्यका विरुद्ध एक गोलले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । धरान–११ बाट एकमात्रै गोल रिवस मास्केले गरे ।
खेलको म्यान अफ दी म्याच धरान १९ का गोलरक्षक जेनियल लिम्बू घोषित भए । बुधबारको पहिलो सेमिफाइनल खेल धरान–१७ र धरान १४ का बीच हुने आयोजक गोधुली क्लवका सचिव युवराज अधिकारीले जानकारी दिए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































