धरान । लिवर्टी खेलकुद सप्ताहको दोश्रो दिन आज जुनियर तर्फको इन्डोर खेलहरु सकिएको छ । इन्डोर खेलमा जम्मा १८ वटा खेलहरु समाबेश गरिएका थिए । प्रत्येक खेलका विजय खेलाडीहरुलाई ट्रफी तथा मेडल प्रदान गरिएको स्कुलका शिक्षक सुनिल जैसवाल बताए ।
आउटडोर खेलमा छात्रतर्फ आज इन्टर हाउस फुटबल भएको थियो । खेललाई लिगको आधारमा खेलाइएको थियो । जसअन्तगर्त पहिलो चरणकोे खेलमा यल्लो हाउसले ब्लु हाउसलाई १–० गोलले पराजित गर्दै ३ अंक प्राप्त गरेको थियो जस्मा प्रभात श्रेष्ठले १ गोल गरे भने रेड हाउसले ग्रिन हाउसलाई १–० गोलले पाखा लगाउदै ३ अंक प्राप्त गरेको छ । रेड हाउसलाई विजय गराउन १ मात्र गोल रोहन दाहालले गरेका थिए । दोश्रो चरणको खेलमा रेड हाउसले व्लुहाउसलाई ४–१ गोलले पराजित गर्देै ६ अंक बटुले । उक्त खेलमा रोचक लिम्बुले ह््याट्रिक पुरा गरे भने अर्को गोल विबेक नेपालीले गरेका थिए । ग्रिन हाउसले यल्लो हाउसलाई ३–० गोलले पाखा लगाउदै ३ अंक प्राप्त गरेको छ । उक्त खेलमा आरेश लिम्बुले २ गोल तथा निश्चल लिम्बुले १ गोल गरेको थियो । त्यसरी नै छात्रा तर्फ भएको पहिलो खेल व्लुहाउस विरुद्व यल्लो हाउस बिना गोल सकिएको थियो । थप समयमा पनि गोल हुन नसकेपछि ट्राइबेकरमा ३ – १ गोलले यल्लो हाउस विजय भएको थियो । यसरी नै दोश्रो खेल रेड हाउस विरुद्व ग्रिन हाउसको भएको थियो । जसमा रेड हाउसका सकिना श्रेष्ठले २ गोल गर्दै टिमलाई विजय बनाएको थियो । फाइनल खेल २६ गते अंकको आधारमा छात्र तर्फको रेड हाउस विरुद्व ग्रिन हाउस खेल्नेछ भने छात्रा तर्पmको खेल रेड हाउस विरुद्व ग्रिन हाउसले खेल्ने फुटबल खेलका कोर्डिनेटर तथा शिक्षक एस.के अधिकारीले बताए ।
भोलि नै हुन गइरहेको लिवर्टी मिनी म्याराथुनमा लिवर्टी स्कुलका २ सय पचास भन्दा बढि विद्यार्थीहरु दुर्गा चोक हुुदै बुद्व चोक , रत्न चोक , मंगलबारे चोक, कल्याण चोक, हुदै पून ः दुर्गा चोक बाट विद्यालयमा आएर सकिने मिनी म्याराथुनका सहायक कोर्डिनेटर तथा स्कुल शिक्षक लब कुमार राईले बताए ।